चैत्र १४, २०८२ शनिबार | १८:३५:१७
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

मेयर कप ब्याडमिन्टनः रसिला र प्रिन्सद्धारा उपाधि रक्षा

प्रिन्स दाहाल

पाटन । युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि रक्षा गरेका छन् ।

ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको दोस्रो संस्करणमा महिला एकलतर्फ सेनाकी रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१-९, २१-१५ तथा पुरुष एकलतर्फ एपिएफका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-१४, २१-१७ ले पराजित गरे ।

महिलातर्फ पुलिसकी निता लम्साल र सेनाकी रेहना शेरचन तथा पुरुषतर्फ पुलिसका विष्णु कटुवाल र जीवन आचार्य तेश्रो भए ।

पुरुष युगल (शीर्ष २० वरीयतायता बाहेक) को उपाधि कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले उचाले । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडीलाई २१-१२, २१-१४ ले पराजित गरे । सेनका विवेक चौधरी र पविन लिनथेप तथा नरेन्द्र बम र हिमाल चन्द संयुक्त तेश्रो भए ।

रसिला महर्जन

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको यु १७ पुरुषतर्फ सेनाका कविर केसीले सेनाकै अभय महरालाई २१-९, २१-४ ले पराजित गर्दै उपाधि हात पारे । गुल्मीका जेनिस शेरचन र सेनाका सुप्रिम पन्थ तेश्रो स्थानमा रहे ।

यस्तै महिला यु १७ मा कास्कीकी दिलाशा रानालाई २१-१८, २१-१० ले पराजित गर्दै सेनाकी रेहाना शेरचनले उपाभि उचालिन् । ललितपुरकी श्रेया बज्राचार्य र टिशा रानीले तेस्रो स्थान हासिल गरे ।

पुरुष ४५ वर्ष माथिको युगलतर्फ  कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठको जोडीले कास्कीका डोल राज आले र कुस्माका प्रेम गुरुङ्ग लाई २१-१९, २०-२२, २१-१३ ले पराजित गर्दै च्याम्पियन बने । पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी र चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडी तेश्रो भए ।

विजयी खेलाडीलाई प्रमुख अतिथी ललितपुर महानगरापालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, महासचिव विरेन्द्रबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरुष/ महिला एकलतर्फ विजेताले  ४० हजार, उपविजेताले  २० हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यस्तै तेश्रो स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ साथ मेडल, प्रमाणपत्र र ट्रफी पाए ।

यसैगरी पुरुष युगलतर्फका विजेताले ४० हजार, उपविजेताले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

यु-१७ छात्र/ छात्रा तथा भेट्रान्स युगलतर्फका विजेताले २० हजार, उपविजेता १० हजार र तेश्रो स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । प्रतियोगिताको खर्च करिव ३० लाख थियो ।

पाँच दिने प्रतियोगितामा २ सय ६७ खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो