चैत्र ७, २०८२ शनिबार | २१:४१:४५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः नेपाल फाइनलमा

काठमाडौं । दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको यू-१५ मिक्स टिम इभेन्ट्समा नेपाल फाइनलमा प्रवेश गरेको छ ।  हचोकस्थित एपिएफको कभर्डहलमा भएको शनिबार खेलमा नेपालले बंगलादेशलाई ३-२ ले पराजित गर्यो ।

पहिलो खेलमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१-७, २१-१० ले पराजित गरे । दोस्रो खेलमा रिहाना शेरचनले बंगलादेशकी अफिफा खान अरिनलाई २१-१६, २१-१५ ले पराजित गर्दै नेपाललाई १-१ को बराबरीमा ल्याइन् ।

यस्तै तेस्रो खेलमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-११, २१-११ ले पराजित गर्दा बंगलादेशले २-१ को अवस्थामा पुगेको थियो । चौथो खेलमा दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१-१६, २२-२० ले पराजित गर्दै नेपाललाई २-२ को बराबरीमा ल्याए ।

पाँचौं तथा निर्णायक खेलमा सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१-१५, २०-२२, २१-१३ ले पराजित गर्दा नेपालले ३-२ को रोमाञ्चक जित निकाल्दै  फाइनलमा स्थान बनाएको हो ।

अब नेपालले उपाधिका लागि श्रीलंकाको सामना गर्ने छ । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

अर्को खेलामा भुटानलाई ३-० ले हराउँदै श्रीलंकाले फाइनलमा स्थान पक्का गरेको हो । श्रीलङ्काका केनेथ अरुग्गोडाले भुटानका पेमा तेन्जिनलाई २१-६, २१-७ ले, सिथुली रनसिंघेले याङ्गचेन डोलकरलाई २१-८, २१-८ ले र केनेथ अरुग्गोडा र सेनुथ सेथमिथा पेरेराले पेमा तेन्जिन र सोनाम फुन्छो छेतेनलाई २१-९, २१-११ ले पराजित गरे ।

च्याम्पियनसिपको दोश्रो दिन यू-१७ मा बंगलादेशले भुटानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनायो । बंगलादेशका एसएसएम सिफात उल्लाहले भुटानका ङवाङ्ग रिग्सेल जर्मीलाई २१-१२, २१-७, सिनथिन खानोम प्रियुन्तीले कृती गुरुङलाई २१-१८, २१-५ र राजोन मिया र एस।एस।एम। सिफात उल्लाहको जोडीले अभिक बालामपाकी र नवाङ्ग रिग्सेल जर्मी जोडीलाई २१-५, २१-१० ले पराजित गरेका हुन् ।

यस्तै श्रीलंकाले पनि नेपाललाई ३-० ले नै पराजित गर्दै फाइनमा स्थान बनायो । श्रीलंकाका थिदासा वेरागोडाले नेपालका कविर केसीलाई २१-१७, १५-२१, २३-२१, रनिथमा लियानागेले रोजी राईलाई २१-५, २१-३ र हिरुका अलुथ पाटबेन्डिगे र थिदासा वेरागोडाको जोडीले कविर केसी र अभय महराको जोडीलाई २१-१८, २१-१७ ले हराए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो