माघ १८, २०८२ आइतबार | १४:२५:१२
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः नेपाल फाइनलमा

काठमाडौं । दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको यू-१५ मिक्स टिम इभेन्ट्समा नेपाल फाइनलमा प्रवेश गरेको छ ।  हचोकस्थित एपिएफको कभर्डहलमा भएको शनिबार खेलमा नेपालले बंगलादेशलाई ३-२ ले पराजित गर्यो ।

पहिलो खेलमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१-७, २१-१० ले पराजित गरे । दोस्रो खेलमा रिहाना शेरचनले बंगलादेशकी अफिफा खान अरिनलाई २१-१६, २१-१५ ले पराजित गर्दै नेपाललाई १-१ को बराबरीमा ल्याइन् ।

यस्तै तेस्रो खेलमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-११, २१-११ ले पराजित गर्दा बंगलादेशले २-१ को अवस्थामा पुगेको थियो । चौथो खेलमा दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१-१६, २२-२० ले पराजित गर्दै नेपाललाई २-२ को बराबरीमा ल्याए ।

पाँचौं तथा निर्णायक खेलमा सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१-१५, २०-२२, २१-१३ ले पराजित गर्दा नेपालले ३-२ को रोमाञ्चक जित निकाल्दै  फाइनलमा स्थान बनाएको हो ।

अब नेपालले उपाधिका लागि श्रीलंकाको सामना गर्ने छ । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

अर्को खेलामा भुटानलाई ३-० ले हराउँदै श्रीलंकाले फाइनलमा स्थान पक्का गरेको हो । श्रीलङ्काका केनेथ अरुग्गोडाले भुटानका पेमा तेन्जिनलाई २१-६, २१-७ ले, सिथुली रनसिंघेले याङ्गचेन डोलकरलाई २१-८, २१-८ ले र केनेथ अरुग्गोडा र सेनुथ सेथमिथा पेरेराले पेमा तेन्जिन र सोनाम फुन्छो छेतेनलाई २१-९, २१-११ ले पराजित गरे ।

च्याम्पियनसिपको दोश्रो दिन यू-१७ मा बंगलादेशले भुटानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनायो । बंगलादेशका एसएसएम सिफात उल्लाहले भुटानका ङवाङ्ग रिग्सेल जर्मीलाई २१-१२, २१-७, सिनथिन खानोम प्रियुन्तीले कृती गुरुङलाई २१-१८, २१-५ र राजोन मिया र एस।एस।एम। सिफात उल्लाहको जोडीले अभिक बालामपाकी र नवाङ्ग रिग्सेल जर्मी जोडीलाई २१-५, २१-१० ले पराजित गरेका हुन् ।

यस्तै श्रीलंकाले पनि नेपाललाई ३-० ले नै पराजित गर्दै फाइनमा स्थान बनायो । श्रीलंकाका थिदासा वेरागोडाले नेपालका कविर केसीलाई २१-१७, १५-२१, २३-२१, रनिथमा लियानागेले रोजी राईलाई २१-५, २१-३ र हिरुका अलुथ पाटबेन्डिगे र थिदासा वेरागोडाको जोडीले कविर केसी र अभय महराको जोडीलाई २१-१८, २१-१७ ले हराए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।