माघ १४, २०८२ बुधबार | ०३:३१:३४
१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो

पुलिसका प्रिन्सलाई दोहोरो सफलता

काठमाडौं । नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता-२०२३’मा दोहोरो सफलताजित निकालेका छन् ।

प्रतियोगिताको पहिलो दिन मंगलबार राष्ट्रिय च्याम्पियन एवं जुनियरतर्फ विश्व बरियतामा उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१-१७, २१-११ ले  हराउँदा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित आत्मसात गरेका हुन् ।

पुरष एकल तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल पनि दोहोरो सफलता प्राप्त गरेका छन् । महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाकओभर प्राप्त गरेका थिए भने दोश्रो खेलमा एपिएफका रोशन साउदलाई २१-११, २१-१३ ले पराजित गरे ।

दोहोरो जित हात पार्ने खेलाडीका पुलिसका विष्णु कटुवाल तथा एपिएफका देवराज राना पनि रहे । विष्णुले पहिलो खेलमा एपिएफका रोशन साउदलाई २१-१३, २१-१४ ले हराउँदा तथा दोश्रो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाक ओभर प्राप्त गरे । यस्तै  देवराजले पहिलो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१-१९, २२-२० ले तथा दोश्रो खेलमा पुलिसका दीपक बोहरालाई २१-९, २३-२१ ले पराजित गरे ।

पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गर्दा  दोश्रो खेलमा भने कास्कीका विधान अधिकारी संग १७-२१, १७-२१ ले पराजित भए ।

एपिएफका क्षितीज खनालले पनि दोहोरो जित हात पारे । क्षितीजले पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१-१५, २१-१२ ले तथा दोश्रो खेलमा एपिएफका विजीत थापा मगरलाई २१-१२, २१-१० ले पराजित गरे ।

पुलिसका सुनील जोशीले  संघर्षपूर्ण पहिलो खेलमा आर्मीका नरेन्द्र बमलाई २१-७, १४-२१, २१-१४ ले तथा दोश्रो खेलमा आर्मीका अनिल मल्ललाई २२-२०, २१-९ पराजित गरे । 
आर्मीका प्रफुल महर्जनल पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१-६, २१-१०, ले तथा दोश्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१-८, २१-७ ले पराजित गर्दै दोहोरो जित हात पारेका हुन् ।

पुरुषतर्फ शीर्ष १६ वरियताका खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगका पद्धतीमा प्रतियोगिता संचालन भइरहेको छ ।

 प्रतियोगिताको महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१-७, २१-७ को सोझो सेटमा पराजित गरिन् ।

यसेगरी आर्मीकै अमिता गिरीले कन्चनपुरकी निलम महराबाट वाक ओभर पाइन् ।  ५-१ को अवस्थामा निलम घाइते हुन पुगेकी थिइन् । ईटहरीमा आयोजना भएको राष्ट्रिय र्याङकिन प्रतियोगिताको च्यामिपयन एपिएफकी जेशिका गुरुङले मोरङकी सिमा राजवंशीबाट वाकओभर प्राप्त गरिन् ।

महिलातर्फ पनि १२ शिर्ष वरियतामा रहेको खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगको पद्धतीमा प्रतियोगिता संचालन गरिएको छ ।

प्रतियोगिताको प्रदेश एकका का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री माननिय तिलकुमार मेन्याङ्गबो लिम्बुले उद्घाटन गरेका थिए । खेलाडीका तर्फबाट नेपाल पुलिसका बिष्णु कटुवाल र निर्णायकको तर्फबाट अन्तराष्ट्रिय अम्पायर एवं प्रतियोगिताका रेफ्रि सुमित शाक्यले प्रतियोतिामा निश्पक्षताका साथ खेल्ने र खेलाउने सपथ खाएका थिए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु-१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्ष माथी र ५५  वर्ष माथी गरि १० विधामा करिव २०६ खेलाडीहरुको सहभागिता छ ।

करिव २४ लाख ८४ हजार लागत रहेको प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ९८ हजार छ । जस अन्तरगत शीर्ष १६ वरियता पुरुष र शीर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका पद्धतीमा हुने छ । यस विधामा सहभागिता जनाउने बित्तीकै खेलाडीले नगद एक हजार  पाँचसय प्राप्त गर्नेछन् । यसैगरी लिग चरणमा प्रत्येक जित बापत थप एक हजार पाँच सय प्राप्त गर्नेछन् ।

क्वार्टरफाइनल जित्ने खेलाडीले थप आठ  हजार प्राप्त गर्नेछन् । सेमिफाइन जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने च्याम्पियन खेलाडीले थप २० हजार र उपविजेताले थप पाँच हजार प्राप्त गर्ने छन् ।

यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिमा  पहिलो दोस्रो तथा तेस्रो हुनेले क्रमशः नगद २० हजार, १० हजार र पाँच हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा  भइरहरहेको हो । 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate