चैत्र ७, २०८२ शनिबार | ०५:००:२७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

पुलिसका प्रिन्सलाई दोहोरो सफलता

काठमाडौं । नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृती राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता-२०२३’मा दोहोरो सफलताजित निकालेका छन् ।

प्रतियोगिताको पहिलो दिन मंगलबार राष्ट्रिय च्याम्पियन एवं जुनियरतर्फ विश्व बरियतामा उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१-१७, २१-११ ले  हराउँदा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित आत्मसात गरेका हुन् ।

पुरष एकल तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल पनि दोहोरो सफलता प्राप्त गरेका छन् । महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाकओभर प्राप्त गरेका थिए भने दोश्रो खेलमा एपिएफका रोशन साउदलाई २१-११, २१-१३ ले पराजित गरे ।

दोहोरो जित हात पार्ने खेलाडीका पुलिसका विष्णु कटुवाल तथा एपिएफका देवराज राना पनि रहे । विष्णुले पहिलो खेलमा एपिएफका रोशन साउदलाई २१-१३, २१-१४ ले हराउँदा तथा दोश्रो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाक ओभर प्राप्त गरे । यस्तै  देवराजले पहिलो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१-१९, २२-२० ले तथा दोश्रो खेलमा पुलिसका दीपक बोहरालाई २१-९, २३-२१ ले पराजित गरे ।

पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गर्दा  दोश्रो खेलमा भने कास्कीका विधान अधिकारी संग १७-२१, १७-२१ ले पराजित भए ।

एपिएफका क्षितीज खनालले पनि दोहोरो जित हात पारे । क्षितीजले पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१-१५, २१-१२ ले तथा दोश्रो खेलमा एपिएफका विजीत थापा मगरलाई २१-१२, २१-१० ले पराजित गरे ।

पुलिसका सुनील जोशीले  संघर्षपूर्ण पहिलो खेलमा आर्मीका नरेन्द्र बमलाई २१-७, १४-२१, २१-१४ ले तथा दोश्रो खेलमा आर्मीका अनिल मल्ललाई २२-२०, २१-९ पराजित गरे । 
आर्मीका प्रफुल महर्जनल पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१-६, २१-१०, ले तथा दोश्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१-८, २१-७ ले पराजित गर्दै दोहोरो जित हात पारेका हुन् ।

पुरुषतर्फ शीर्ष १६ वरियताका खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगका पद्धतीमा प्रतियोगिता संचालन भइरहेको छ ।

 प्रतियोगिताको महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१-७, २१-७ को सोझो सेटमा पराजित गरिन् ।

यसेगरी आर्मीकै अमिता गिरीले कन्चनपुरकी निलम महराबाट वाक ओभर पाइन् ।  ५-१ को अवस्थामा निलम घाइते हुन पुगेकी थिइन् । ईटहरीमा आयोजना भएको राष्ट्रिय र्याङकिन प्रतियोगिताको च्यामिपयन एपिएफकी जेशिका गुरुङले मोरङकी सिमा राजवंशीबाट वाकओभर प्राप्त गरिन् ।

महिलातर्फ पनि १२ शिर्ष वरियतामा रहेको खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगको पद्धतीमा प्रतियोगिता संचालन गरिएको छ ।

प्रतियोगिताको प्रदेश एकका का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री माननिय तिलकुमार मेन्याङ्गबो लिम्बुले उद्घाटन गरेका थिए । खेलाडीका तर्फबाट नेपाल पुलिसका बिष्णु कटुवाल र निर्णायकको तर्फबाट अन्तराष्ट्रिय अम्पायर एवं प्रतियोगिताका रेफ्रि सुमित शाक्यले प्रतियोतिामा निश्पक्षताका साथ खेल्ने र खेलाउने सपथ खाएका थिए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु-१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्ष माथी र ५५  वर्ष माथी गरि १० विधामा करिव २०६ खेलाडीहरुको सहभागिता छ ।

करिव २४ लाख ८४ हजार लागत रहेको प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ९८ हजार छ । जस अन्तरगत शीर्ष १६ वरियता पुरुष र शीर्ष १२ बरियता महिला तर्फको खेल लिग कम नकआउटका पद्धतीमा हुने छ । यस विधामा सहभागिता जनाउने बित्तीकै खेलाडीले नगद एक हजार  पाँचसय प्राप्त गर्नेछन् । यसैगरी लिग चरणमा प्रत्येक जित बापत थप एक हजार पाँच सय प्राप्त गर्नेछन् ।

क्वार्टरफाइनल जित्ने खेलाडीले थप आठ  हजार प्राप्त गर्नेछन् । सेमिफाइन जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने च्याम्पियन खेलाडीले थप २० हजार र उपविजेताले थप पाँच हजार प्राप्त गर्ने छन् ।

यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिमा  पहिलो दोस्रो तथा तेस्रो हुनेले क्रमशः नगद २० हजार, १० हजार र पाँच हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा  भइरहरहेको हो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो