चैत्र १७, २०८२ मंगलबार | ०१:३९:५४
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

एथलेटिक्सका राजन र पुष्पालाई लि-निङको प्रायोजन

काठमाडौं । लि-निङ नेपालले १९ औं  एसियाली खेलकुदमा सहभागिता जनाउने  एथलेटिक्स खेलाडी राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ । दुवै जनाले म्याराथनमा प्रतिस्पर्धा गर्दैछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिहीबार लि-निगले प्रायोजनको रुपमा खेलाडीलाई किट्स उपलब्ध गराएको हो ।

राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारी, नेपालका लागि लि–निङको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, निर्देशक रमिन महर्जन र नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले खेलाडीलाई किट्स हस्तान्तरण गरेका थिए ।

सम्झौता अनुसार लि-निङले खेलाडीलाई म्याराथनका लागि बनेको अन्तर्राष्ट्रिय गुणस्तरको जुत्ता र आवश्यक जर्सी उपलब्ध गराउनेछ । एसियाली खेलकुदमा उनीहरुले लि–निङको किट्स प्रयोग गर्नेछन् ।

नेपालबाट एथलेटिक्समा आठ खेलाडीले विभिन्न स्पर्धामा सहभागीता जनाउँदैछन् ।

राखेपका निमित्त सदस्यसचिव कुसारीले नीजि क्षेत्रको सहयोगबाट मात्र खेलाडी र खेलकुदको विकासमा टेवा पुग्ने भन्दै प्रायोजनका लागि लि–निङ नेपाललाई धन्यबाद दिए । उनले नीजि क्षेत्रको लगानी खेलकुदमा गराउन परिषद्ले गृहकार्य गरिरहेको जानकारी गराए ।

लि-निङ नेपालका प्रमुख महर्जनले लामो दुरीको दौडमा नेपालको गौरवमय इतिहास रहेको बताउँदै नेपाली खेलाडीले एसियाली खेलकुदमा राम्रो चुनौती दिन सक्ने बताए । उनले आगामी दिनमा समेत एथलेटिक्स सहित खेलकुदका अन्य विधामा आफ्नो संस्थाको निरन्तर सहयोग रहने उल्लेख गरे ।

संघका सचिव विष्टले खेलाडीलाई प्रायोजन गरि सहयोग गरेकोमा लि-निङलाई धन्यबाद दिए । उनले आगामी दिनमा समेत एथलेटिक्समा नीजि क्षेत्रको सहयोग निरन्तर रहनेमा आफु विश्वस्त रहेको बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो