माघ १८, २०८२ आइतबार | २२:०७:३५
अन्ततः पाकिस्तानले गर्‍यो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्‍यो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

एथलेटिक्सका राजन र पुष्पालाई लि-निङको प्रायोजन

काठमाडौं । लि-निङ नेपालले १९ औं  एसियाली खेलकुदमा सहभागिता जनाउने  एथलेटिक्स खेलाडी राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ । दुवै जनाले म्याराथनमा प्रतिस्पर्धा गर्दैछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिहीबार लि-निगले प्रायोजनको रुपमा खेलाडीलाई किट्स उपलब्ध गराएको हो ।

राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारी, नेपालका लागि लि–निङको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, निर्देशक रमिन महर्जन र नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले खेलाडीलाई किट्स हस्तान्तरण गरेका थिए ।

सम्झौता अनुसार लि-निङले खेलाडीलाई म्याराथनका लागि बनेको अन्तर्राष्ट्रिय गुणस्तरको जुत्ता र आवश्यक जर्सी उपलब्ध गराउनेछ । एसियाली खेलकुदमा उनीहरुले लि–निङको किट्स प्रयोग गर्नेछन् ।

नेपालबाट एथलेटिक्समा आठ खेलाडीले विभिन्न स्पर्धामा सहभागीता जनाउँदैछन् ।

राखेपका निमित्त सदस्यसचिव कुसारीले नीजि क्षेत्रको सहयोगबाट मात्र खेलाडी र खेलकुदको विकासमा टेवा पुग्ने भन्दै प्रायोजनका लागि लि–निङ नेपाललाई धन्यबाद दिए । उनले नीजि क्षेत्रको लगानी खेलकुदमा गराउन परिषद्ले गृहकार्य गरिरहेको जानकारी गराए ।

लि-निङ नेपालका प्रमुख महर्जनले लामो दुरीको दौडमा नेपालको गौरवमय इतिहास रहेको बताउँदै नेपाली खेलाडीले एसियाली खेलकुदमा राम्रो चुनौती दिन सक्ने बताए । उनले आगामी दिनमा समेत एथलेटिक्स सहित खेलकुदका अन्य विधामा आफ्नो संस्थाको निरन्तर सहयोग रहने उल्लेख गरे ।

संघका सचिव विष्टले खेलाडीलाई प्रायोजन गरि सहयोग गरेकोमा लि-निङलाई धन्यबाद दिए । उनले आगामी दिनमा समेत एथलेटिक्समा नीजि क्षेत्रको सहयोग निरन्तर रहनेमा आफु विश्वस्त रहेको बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।