माघ १७, २०८२ शनिबार | ००:५६:०३
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

विकेश र हृदय च्याम्पियन

 काठमाडौं । पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडको च्याम्पियन बनेका छन् ।

सोमबार सम्पन्न चार किलोमिटरको दौडमा विकेश ब्वाइज तथा हृदय गर्ल्सतर्फ च्याम्पियन बनेका हुन् ।  

हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फ पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौं र जोसेफका अमित बोहरा छैटौं स्थानमा रहे ।

 विश्व वातारण दिवसका अवसरमा आयोजित दौडको गर्ल्र्सतर्फ कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोश्रो तथा भेजसकी सुकलामो तामाङ तेश्रो स्थानमा रहे । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौं स्थान हासिल गरे ।

 ब्वाइज/ गर्ल्स दुवैमा पहिलोले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले पाँच हजार रुपैयाँ प्राप्त गरे । चौथोदेखि छैटौं स्थान हासिल गर्नेलाई एक हजार रुपैयाँ प्रदान गरियो ।

‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो । दौडको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु ले गरेका थिए ।

 विजेतालाई मन्त्री लिम्बु, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारी लगायतले पुरस्कृत गरे । दौडमा करिब ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए ।


 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।