चैत्र १५, २०८२ आइतबार | ०७:१६:४०
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

मुकेश र राजपुरा च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले कान्तिपुर हाफ म्याराथनको ११औं संस्करणमा बनेका छन् ।

‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित शनिबार आयोजित हाफ म्याराथनमा मुकेश पुरुष तथा राजपुरा महिलातर्फ च्याम्पियन बनेका हुन् ।

मुकेशले निर्धारित दुरी एक घन्टा ६ मिनेट ४५ सेकेन्डमा पूरा गरे । मुकेशले पहिलो पटक कान्तिपुर हाफ म्याराथको उपाधि जितेका हुन् ।

आर्मीकै राजन रोकाय एक घन्टा सात मिनेट ५५ सेकेन्डको समय निकाल्दै दोस्रो तथा भारतीय सेनामा कार्यरत तीर्थ पुनले एक घन्टा नौ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

आर्मीका खड्कबहादुर खड्का, गजेन्द्र राई र प्रेमबहादुर बस्नेत क्रमशः चौथो देखि छैटौं स्थानमा रहे ।

लगातार दोस्रो पटक च्याम्पियन बन्ने क्रममा राजपुराले निर्धारित दुरी पूरा गर्न एक घन्टा १९ मिनेट १६ सेकेन्डको लगाइन् ।

पुलिसकै राममाया बुढा एक घन्टा २३ मिनेट सात सेकेन्डको समय निकाल्दै दोस्रो तथा नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारी एक घन्टा २४ मिनेट ३१ सेकेन्डको समय सहित तेस्रो भए ।

एपिएफकी पूर्णराज्य लक्ष्मी न्यौपाने, आर्मीकी गीता विक र पुलिसकी सुमित्रा चौधरी क्रमशः चौथो देखि छैटौं स्थानमा रहे ।

हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही एक लाख प्राप्त गरे । त्यस्तै दोस्रो देखि छैटौं स्थानामा रहनेले क्रमशः५०, ३०, २०, १० र पाँच हजार रुपैयाँ प्राप्त गरे ।

थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु भएको हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर सोही रुट हुँदै सेन्ट्रल विजनेस पार्कमै आएर सकिएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो