चैत्र १६, २०८२ सोमबार | १८:२६:२१
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

११औं कान्तिपुर हाफ म्याराथन जेठमा

काठमाडौं । कान्तिपुर पब्लिकेसन प्रालिको आयोजनमा हुँदै आएको कान्तिपुर हाफ म्याराथको ११औं संस्करण आगामी जेठ ६ गते हुने भएको छ ।

प्रतियोगितामा पहिलो पटक सात किलो मिटरको कलेज रन राखिएको छ । यसमा १८ वर्ष माथिका विद्धार्थी सहभागी पाउने छन् । यस बाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट रेस ५ किमी) र ह्विलचियर रेसमा पनि प्रतिस्पर्धा हुनेछ ।

हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फको  विजेताले जनही एक लाख रुपैयाँ  पाउने छन् । यसैगरी दोस्रो देखि छैटौं स्थान हासिल गर्नेलेक्रमशः ५०, ३०,२०, १० हजार र पाँच हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।

ह्विचयरतर्फ पहिलो देखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३०, २०, १० हजार रुपैयाँ पाउने छन् । कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफी बाट फुड गिफ्ट भौचर पाउने छन् । कर्पोरेटतर्फको विजेतालाई केएफसी र हेम्स अस्पतालबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

प्रतियोगितामा तीन हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी हुने आयोजकको अनुमान छ ।  जेठ १ गतेसम्मको नाम दर्ता गर्न सकिनेछ ।  खेलाडी दर्ता निशुल्क छ ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर सोही रुट हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फन्का लगाएर लगाएर सोहि रुट हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिने छ ।

कलेज रन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भइ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुनेबाट फन्को लगाएर सोहि रुट हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।

गत वर्ष पुरुषतर्फ नेपाल एपिएफ क्लबका गोपिचन्द्र पार्की र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई विजेता बनेका थिए ।

कान्तिपुर हाफ म्याराथन बिसं २०६७ सालमा देखि सुरु भएको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो