माघ ३, २०८२ शनिबार | ०९:१४:२८
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

११औं कान्तिपुर हाफ म्याराथन जेठमा

काठमाडौं । कान्तिपुर पब्लिकेसन प्रालिको आयोजनमा हुँदै आएको कान्तिपुर हाफ म्याराथको ११औं संस्करण आगामी जेठ ६ गते हुने भएको छ ।

प्रतियोगितामा पहिलो पटक सात किलो मिटरको कलेज रन राखिएको छ । यसमा १८ वर्ष माथिका विद्धार्थी सहभागी पाउने छन् । यस बाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट रेस ५ किमी) र ह्विलचियर रेसमा पनि प्रतिस्पर्धा हुनेछ ।

हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फको  विजेताले जनही एक लाख रुपैयाँ  पाउने छन् । यसैगरी दोस्रो देखि छैटौं स्थान हासिल गर्नेलेक्रमशः ५०, ३०,२०, १० हजार र पाँच हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।

ह्विचयरतर्फ पहिलो देखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३०, २०, १० हजार रुपैयाँ पाउने छन् । कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफी बाट फुड गिफ्ट भौचर पाउने छन् । कर्पोरेटतर्फको विजेतालाई केएफसी र हेम्स अस्पतालबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

प्रतियोगितामा तीन हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी हुने आयोजकको अनुमान छ ।  जेठ १ गतेसम्मको नाम दर्ता गर्न सकिनेछ ।  खेलाडी दर्ता निशुल्क छ ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर सोही रुट हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फन्का लगाएर लगाएर सोहि रुट हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिने छ ।

कलेज रन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भइ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुनेबाट फन्को लगाएर सोहि रुट हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।

गत वर्ष पुरुषतर्फ नेपाल एपिएफ क्लबका गोपिचन्द्र पार्की र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई विजेता बनेका थिए ।

कान्तिपुर हाफ म्याराथन बिसं २०६७ सालमा देखि सुरु भएको हो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate