चैत्र ६, २०८२ शुक्रबार | ०४:५३:११
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने

काठाडौं । मंगलबार आयोजना हुने १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा आयोजक नेपालसहित ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

गोकर्ण गल्फ क्लबमा हुने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपेइ, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड खेलाडीको सहभागिता रहने छ । 

च्याम्पियनसिपमा नेपालका १९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । छनोट प्रतियोगिताबाट छानिएका खेलाडीलाई संघले बन्द प्रशिक्षणमा राखेको छ । 

एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार नेपाल एथलेटिक्स संघको आयोजनामा हुने च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलाातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ आठ किलोमिटर गरी चार विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुने संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

च्याम्पियनसिपमा नेपालबाट सिनियर महिलामा चार तथा बाँकी सबै इभेन्ट्समा समान पाँच भाग लिने छन् ।

नेपालले २२ वर्षपछि एसियन क्रस कन्ट्री च्याम्पियनसिप आयोजना गर्न लागेको हो । पछिल्लोपटक नेपालले सन् २००१ मा यो प्रतियोगिता आयोजना गरेको थियो ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, कर्णाली खेलकु विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहने छ ।

त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट छन् ।

च्याम्पियनसिपका लागि एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष जेनेरल दालान अहमादलगायत अन्य प्राविधिकहरुको आगमन भइसकेको संघले जनाएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो