माघ १, २०८२ बिहीबार | ०१:४४:१२
साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए

१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने

काठाडौं । मंगलबार आयोजना हुने १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा आयोजक नेपालसहित ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

गोकर्ण गल्फ क्लबमा हुने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपेइ, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड खेलाडीको सहभागिता रहने छ । 

च्याम्पियनसिपमा नेपालका १९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । छनोट प्रतियोगिताबाट छानिएका खेलाडीलाई संघले बन्द प्रशिक्षणमा राखेको छ । 

एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार नेपाल एथलेटिक्स संघको आयोजनामा हुने च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलाातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ आठ किलोमिटर गरी चार विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुने संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

च्याम्पियनसिपमा नेपालबाट सिनियर महिलामा चार तथा बाँकी सबै इभेन्ट्समा समान पाँच भाग लिने छन् ।

नेपालले २२ वर्षपछि एसियन क्रस कन्ट्री च्याम्पियनसिप आयोजना गर्न लागेको हो । पछिल्लोपटक नेपालले सन् २००१ मा यो प्रतियोगिता आयोजना गरेको थियो ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, कर्णाली खेलकु विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहने छ ।

त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट छन् ।

च्याम्पियनसिपका लागि एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष जेनेरल दालान अहमादलगायत अन्य प्राविधिकहरुको आगमन भइसकेको संघले जनाएको छ । 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||