चैत्र १२, २०८२ बिहीबार | १८:०५:४६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

दशौं राष्ट्रियको लोगो र मस्कट अर्को महिना सार्वजनिक गरिने, निर्धारित समयमै आयोजनाको लागि मन्त्रीले झण्डा लिने

पोखरा । कर्णाली प्रदेशले दुई वर्षपछि हुने १०औं वृहत राष्ट्रिय खेलकुदको लोगो र मस्कट अर्को महिना सार्वजनिक गर्ने भएको छ ।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र सञ्जेलले आगामी मंसिर ६ र ७ गते राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक बसेर निर्णय गरेपछि लोगो र मस्कट सार्वजनिक गर्ने बताए । राखेपको आगामी बोर्ड बैठक मंसिर ६ र ७ गते कर्णाली प्रदेशको रारामा हुने कार्यक्रम छ ।

राष्ट्रिय खेलकुद परिषदको बुधबार बसेको एक सय १५औं बोर्ड बैठकले आगामी १०औं राष्ट्रिय खेलकुद २०८१ साल मंसिरमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो । आज (बिहीबार) पोखरा रंगशालामा हुने नवौं वृहत राष्ट्रिय खेलकुदको समापन समारोहमा कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने उद्देश्यसहित २०३८ सालमा सुरु गरिए पनि नियमित हुन नसक्दा ४१ वर्षमा राष्ट्रिय खेलकुदमा ९ संस्करणमात्र सम्भव भएका छन् । यही कारण यसपाली निर्धारित समयमै १०औं राष्ट्रिय खेलकुद होस भनेर झण्डा प्रदेशका सामाजिक विकास मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम बनाइएको छ ।

यसअघि राष्ट्रिय खेलकुदको झण्डा सम्बन्धित प्रदेशका सदस्यसचिव (त्यसअघि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष)ले बोक्ने चलन थियो । ‘यसपाली चाँही निर्धारित समयमै राष्ट्रिय खेलकुद होस भनेर सरकारलाई नै झण्डा बोकाइनेछ,’ राखेपका एक वरिष्ठ अधिकारीले भने ।

सरकारले नै जिम्मेवारी लिने भावनाअनुरुप पोखरा रंगशालामा आज साँझ समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले झण्डा लिने छन् ।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव सञ्जेलले १०औं राष्ट्रिय खेलकुदका लागि आफूहरुले पहिल्यै तयारी थालिसकेको बताउँदै निर्धारित समयमै हुनेमा ढुक्क रहन अनुरोध गरे ।

‘हाम्रो चाँही १०औं राष्ट्रिय खेलकुद आयोजनाको यात्रा यहीँबाट सुरु हुन्छ । ६ महिनाअगाडि देखि नै सामाजिक विकास मन्त्रालयले पूर्वाधार विकासको काम सुरु गरिसकेको छ । समयमै १०औं राष्ट्रिय खेलकुद आयोजना गरेर हामी नयाँ उदाहरण प्रस्तुत गर्न चाहन्छौं,’ उनले भने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो