चैत्र ९, २०८२ सोमबार | १०:५७:५०
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

शारीरिक सुगठनको ५५ केजीमा गण्डकीका विवेक र ६० केजीमा पुलिसका डेभिडले जिते स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् ।

यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुपर्यो । स्वर्णका लागि प्रि-जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छनोट गरिएको थियो ।

प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश फोम्बो छनोट भएका थिए । ५५ किलो तौल समुहमा उनीहरुसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदुरपश्चिम प्रदेशका सुनिल राईका प्रतिस्पर्धा गरेका थिए ।

त्यसपछि भएको ६० किलोग्राम तौल समुहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् ।

आइतबार नै ६५, ७० र ७५ किलोग्राम तौल समुहको प्रि–जज र फाईनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समुहको फाईनल हुनेछ । भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन् ।

उनका अनुसार प्रदेश १, मधेश, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो