चैत्र १८, २०८२ बुधबार | ०९:२२:२०
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

राष्ट्रिय खेलकुद अन्तर्गत आज १५ खेल हुने

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले पोखरा रंगशालामा उद्घाटन गरेसँगै आज मध्यान्हबाट नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रुपमा सुरु हुनेछ ।

तथापि विभिन्न खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत आज शुक्रबार १५ वटा खेलहरु सञ्चालन हुनेछन् ।

फेन्सिङमा कुल १२ मध्ये ११ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । बाँकी एउटा स्वर्ण पदकको आज टुंगो लाग्नेछ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको प्रतियोगिता आजै सम्पन्न हुनेछ ।

यसैगरी फुटबलमा महिलाको प्रतियोगिता स्याङजाको वालिङ तथा पुरुषको प्रतियोगिता पोखराकै गोस्टेघाट खेल मैदानमा हुनेछ । महिला हक्की पोखराको गण्डकी बोर्डिङ स्कुल तथा पुरुष हक्की ह्याम्जाको गौरीशंकर खेल मैदानमा हुँदैछ ।

पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा जारी ह्यान्डबल शनिबारसम्म चल्नेछ भने महिला क्रिकेट पोखरा रंगशालामै जारी छ ।

टेनिस, बक्सिङ, पुरुष भलिबल, सफ्ट टेनिस र पुरुष बास्केटबल पोखरा रंगशाला परिसरमै आजबाट सुरु हुनेछन् । महिलाको भलिबल म्याग्दीको बेनीमा बिहीबारबाट सुरु भइसकेको छ ।

त्यस्तै पोखराको रानीबनमा साइक्लिङ, बेनीमा तेक्वान्दो, बाग्लुङमा आइटिएफ तेक्वान्दो, तनहुँमा महिला बास्केटबल तथा ललितपुरको सातदोबाटोमा सुटिङका खेलहरु पनि आजै सुरु हुँदैछन् । बुद्धिचाल भने बिहीबारबाट गोर्खामा सुरु भइसकेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो