चैत्र १, २०८२ आइतबार | २०:०६:४२
एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित मुम्बई नयाँ सिजनका लागि तयार बन्द प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाइयो बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड

बुधबार फेन्सिङमा बाग्मतीलाई दुई तथा आर्मीलाई एक स्वर्ण, पदक नआइपुग्दा समारोह भएन

तस्बिरः केशव कटुवाल/खेलाडी

पोखरा । बाग्मती प्रदेशले बुधबार दुई स्वर्ण पदक जित्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा स्वर्ण पदक संख्या चार पुर्याएको छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई निराश पार्दै बाग्मती प्रदेशले पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा जारी फेन्सिङ प्रतियोगितामा चौथो स्वर्ण पदक जित्यो ।

यसअघि नै तीन स्वर्ण पदक जितिसकेको बाग्मती प्रदेशका लागि बुधबार महिला टिम सेबरमा सोफिया चन्द, विनिता कार्की, शिक्षा नापित र आकी प्रजापतीको टोलीले आर्मीको पवित्रा खड्का, जानुका थापा मगर, मनिषा श्रेष्ठ र रविना थापाको टोलीलाई ४५–३५ को स्कोरमा हराउँदै उपाधि जितेको हो ।

आर्मीको टोली उपविजेता बन्दा एपिएफ र प्रदेश एकले कांस्य पदक जिते । प्रदेश एकको टोलीमा संजिवनी चौधरी, सुशीला चौधरी, यशोधा चौधरी र दिलकुमारी श्रेष्ठ तथा एपिएफको टोलीमा तुलसा बुढाथोकी, सुकमाया घिसिङ, उर्मिला लामा र मुना थापा थिए ।

बुधबार निर्णय भएको तेस्रो तथा अन्तिम इभेन्टका लागि पदक समयमा नआइपुगेका कारण पदक वितरण समारोह हुन सकेन । आयोजकले समयमा पदक नल्याइदिएका कारण यो इभेन्ट्सको पदक भोली बिहीबार वितरण गरिने बताइएको छ ।

बुधबारै यसअघि महिला टिम इपीमा पुजना कुमाल, सिता पाठक, इन्दिरा पौडेल र मनिषा रायामाझीको टोलीले अर्को विभागीय टोली एपिएफलाई निराश पार्दै स्वर्ण पदक जिते । यससँगै फेन्सिङका कुल १२ मध्ये आठ स्वर्ण पदकको छिनोफानो भएको छ ।

एपिएफका सुदिना धिमाल, अनिता कार्की, शारदा मल्ल र जानुका स्याङतानको टिमले रजत पदक जित्दा सुदूरपश्चिम र प्रदेश एकले कांस्य पदकमा चित्त बुझाए ।

बुधबारै यसअघि पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा सम्पन्न फाइनलमा आर्मीलाई पराजित गर्दै बाग्मतीले पुरुष टिम फोयलको स्वर्ण पदक जितेको थियो ।

आर्मीले रजत पदक जित्दा सुदूरपश्चिमाञ्चल र प्रदेश एकको टोलीले संयुक्त रुपमा कांस्य पदक जिते ।

फेन्सिङ प्रतियोगिताको दोस्रो दिन मंगलबार पुरुष सेबरमा एपिएफका राजेन्द्र गजुरेल, महिला फोइलमा आर्मीकी रमा सिंह र पुरुष इपीमा बाग्मतीका ओमकार सिंहले स्वर्ण पदक जितेका थिए ।  

पहिलो दिन सोमबार बाग्मतीकी शिक्षा नापित, नेपाली सेनाकी इन्दिरा पौडेल र सुदूरपश्चिमका जलिन्द्र शाहीले स्वर्ण पदक जितेका थिए ।

अहिलेसम्म फेन्सिङबाट बाग्मतीले सर्वाधिक चार स्वर्ण पदक जित्दा आर्मीले तीन तथा एपिएफ र सुदूरपश्चिमले एक/एक स्वर्ण पदक जितेका छन् ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||