माघ १६, २०८२ शुक्रबार | २३:३४:३१
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

जुडो र सुटिङको चुनौती समाप्त

काठमाडौं, (खेलाडी)– जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीमध्ये जुडो र सुटिङको चुनौती शनिबार पहिलो चरणमै समाप्त भएको छ ।

३२औं गृष्मकालिन ओलम्पिकमा सहभागि नेपालका पाँच खेलाडीमध्ये शनिबार जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती पहिलो चरणमा नै सकिएको हो । 

टोकियोस्थित निप्पोन बुदोकान इन्डोर हलमा भएको महिला ४८ केजी तौल समूहमा सोनिया पहिलो चरणमा नै रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भइन् । प्रतिबन्धका कारण रुसी ओलम्पिक कमिटीको झन्डामुनि रहेर खेलेकी इरिनाले सोनियाको चुनौती १ मिनेट १६ सेकेन्डमा नै समाप्त पारिन् । 

कुल चार मिनेटको समयमा विश्व नम्बर ९ की २५ वर्षीया इरिनाले १ सय २७औं वरीयतामा रहेकी सोनियासँगको खेलमा आफ्नो अनुभव प्रयोग गरेकी थिइन् । सोनियाले अट्याकिङ रणनीतिमा खेल्दा रक्षात्मक बनेकी इरिनाले नेवाजा ओसाइकोमी (२० सेकेन्डसम्म होल्ड गर्ने) मार्पmत खेल आफ्नो बनाइन् । 

‘योजनाअनुरूप खेल्न सकिनँ । नेवाजा ओसाइकोमीको प्रयास गरेकी थिएँ । तर, घुँडामा चोटका कारण योजनाअनरूप गर्न सकिनँ,’ सोनियाले भनिन्, ‘तथापि अनुभवी खेलाडीसँग राम्रो खेलेंजस्तो लाग्छ ।’ 

सोनियाका प्रशिक्षक सूर्यनारायण श्रेष्ठले पनि उनको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ रहेको प्रतिक्रिया दिए ।

‘सोनियाको खेल आक्रामक थियो । उनले नेवाजाको प्रयास गरिन् । तर, नेवाजामा इन्ट्री हुनु कमजोरी भयो,’ सूर्यनारायणले भने, ‘तथापि एक अनुभवी खेलाडीसँग उनले जुझारु किसिमले प्रदर्शन गरिन् । चोटले पनि उनलाई केही समस्या गरायो ।’ 

विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जितेर वाइल्ड कार्ड प्राप्त गर्ने माध्यम बनाएकी सोनियाले ओलम्पिकलाई भने यादगार बनाउन सकिनन् । ओलम्पिकमा एक बाउट जित्ने उनको लक्ष्य यस पटकका लागि अधुरै रह्यो । इरिना फाइनलमा पुग्न असफल भएपछि १३औं सागकी कांस्य विजेता सोनियाले रेपेचेजको अवसर पनि पाइनन् । 

इरिना दोस्रो चरणमा नै चाइनिज ताइपेईकी खेलाडी लिन हावोसँग स्तब्ध भएकी थिइन् । सोनियाको उक्त तौलमा कोसोभोकी दिस्त्रिया क्रासनिकीले स्वर्ण जित्दा जापानकी खेलाडी फुना तोनाकी रजत पदकमै खुम्चिइन् । युक्रेनकी दारिया र मंगोलियाकी युरान सेतसेगले संयुक्त रूपमा कांस्य पदक जिते ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।