चैत्र १३, २०८२ शुक्रबार | ०८:२७:०१
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

जुडो र सुटिङको चुनौती समाप्त

काठमाडौं, (खेलाडी)– जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीमध्ये जुडो र सुटिङको चुनौती शनिबार पहिलो चरणमै समाप्त भएको छ ।

३२औं गृष्मकालिन ओलम्पिकमा सहभागि नेपालका पाँच खेलाडीमध्ये शनिबार जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती पहिलो चरणमा नै सकिएको हो । 

टोकियोस्थित निप्पोन बुदोकान इन्डोर हलमा भएको महिला ४८ केजी तौल समूहमा सोनिया पहिलो चरणमा नै रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भइन् । प्रतिबन्धका कारण रुसी ओलम्पिक कमिटीको झन्डामुनि रहेर खेलेकी इरिनाले सोनियाको चुनौती १ मिनेट १६ सेकेन्डमा नै समाप्त पारिन् । 

कुल चार मिनेटको समयमा विश्व नम्बर ९ की २५ वर्षीया इरिनाले १ सय २७औं वरीयतामा रहेकी सोनियासँगको खेलमा आफ्नो अनुभव प्रयोग गरेकी थिइन् । सोनियाले अट्याकिङ रणनीतिमा खेल्दा रक्षात्मक बनेकी इरिनाले नेवाजा ओसाइकोमी (२० सेकेन्डसम्म होल्ड गर्ने) मार्पmत खेल आफ्नो बनाइन् । 

‘योजनाअनुरूप खेल्न सकिनँ । नेवाजा ओसाइकोमीको प्रयास गरेकी थिएँ । तर, घुँडामा चोटका कारण योजनाअनरूप गर्न सकिनँ,’ सोनियाले भनिन्, ‘तथापि अनुभवी खेलाडीसँग राम्रो खेलेंजस्तो लाग्छ ।’ 

सोनियाका प्रशिक्षक सूर्यनारायण श्रेष्ठले पनि उनको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ रहेको प्रतिक्रिया दिए ।

‘सोनियाको खेल आक्रामक थियो । उनले नेवाजाको प्रयास गरिन् । तर, नेवाजामा इन्ट्री हुनु कमजोरी भयो,’ सूर्यनारायणले भने, ‘तथापि एक अनुभवी खेलाडीसँग उनले जुझारु किसिमले प्रदर्शन गरिन् । चोटले पनि उनलाई केही समस्या गरायो ।’ 

विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जितेर वाइल्ड कार्ड प्राप्त गर्ने माध्यम बनाएकी सोनियाले ओलम्पिकलाई भने यादगार बनाउन सकिनन् । ओलम्पिकमा एक बाउट जित्ने उनको लक्ष्य यस पटकका लागि अधुरै रह्यो । इरिना फाइनलमा पुग्न असफल भएपछि १३औं सागकी कांस्य विजेता सोनियाले रेपेचेजको अवसर पनि पाइनन् । 

इरिना दोस्रो चरणमा नै चाइनिज ताइपेईकी खेलाडी लिन हावोसँग स्तब्ध भएकी थिइन् । सोनियाको उक्त तौलमा कोसोभोकी दिस्त्रिया क्रासनिकीले स्वर्ण जित्दा जापानकी खेलाडी फुना तोनाकी रजत पदकमै खुम्चिइन् । युक्रेनकी दारिया र मंगोलियाकी युरान सेतसेगले संयुक्त रूपमा कांस्य पदक जिते ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो