माघ १८, २०८२ आइतबार | १०:५४:५१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

थाइल्यान्ड जाँदै जुडो टोली

थाइल्यान्ड जाने जुडो टोलीको बिदाइ गरिदै ।

काठमाडौं । एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार राति ११ बजे थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

अप्रिल २५ देखि २८ सम्म हुने प्रतियोगितामा समान तीन पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ६० केजीमुनिमा विकास विक, ६६ केजीमुनिमा विशेष विक र ९० केजीमुनिमा विपिन तामाङले प्रतिस्पर्धा गर्नेछन् ।  घरेलु प्रतियोगितामा विकास नेपाल प्रहरी, विशेष एपिएफ र विपिन नेपाल आर्मीबाट खेल्ने गरेका छन् ।

महिला ५२ केजीमुनिमा देवकीमाया श्रेष्ठ, ५७ केजीमुनिमा मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनिमा रञ्जना खड्का सहभागी हुनेछन् । दवीकी बन्दी सहायता नियोग (पाम), मनीता प्रहरी र रञ्जना एपिएफका हुन् ।

अफिसियलमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापा मगर छन् । आइटीका रूपमा सुप्रसिद्ध ताम्राकार पनि टोलीसंगै थाइल्यान्ड जानेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिव टंकलाल घिसिङले मंगलबारै बिदाइ गरे । कार्यक्रममा मोबिजिल्लाले प्रायोजन गरेको ट्रयाक सुट, एयर पोड र डिस्काउन्ट भौचर पनि प्रदान गरिएको थियो ।

प्रतियोगिता दौरान हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारण सभामा सहभागी हुन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य सोमबारै थाइल्यान्ड प्रस्थान गरिसकेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।