चैत्र १४, २०८२ शनिबार | १८:०३:५४
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औं संस्करण यही चैत ७ देखि ९ गतेसम्म हुने भएको छ ।

आयोजकले सोमबार होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कुल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको  प्रतियोगिताको सम्पूर्ण तयारी भएको जानकारी दियो ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त प्रतियोगितामा ६ तौल समूह समावेश गरिएको छ । प्रतियोगितामा ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दा माथिमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा करिब ६०० खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ ।

प्रत्येक तौल समूहका विजेतालाई ओभरअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ । विजेताले ट्रफीसहित १२ लाख रुपैयाँ पाप्त गर्नेछन् । 

यसैगरी उपाविजेताले ६ लाख, तेस्रो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् । चौथो देखि छैटौं स्थान हासिल गर्नेलाई क्रमशः २ लाख, पाँचौं हुनेले १ लाख ८० हजार, १ लाख हजार रुपैयाँ प्रदान गरिने छ ।  यस्तै तौल समुहमा शीर्ष ६ लेक्रमशः ५०, ४०, ३०, २० र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यता पुरुष एथ्लेटिक फिजिक ओभर र अन्डर तथा महिला बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख रुपैयाँ पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले १ लाख,  दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार  रुपैयाँ हात पार्नेछन् ।

यस पटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ । १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका छ ।

चैतको ७ गते वेइङ, चैत ८ गते प्रि-जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो