चैत्र ६, २०८२ शुक्रबार | ०३:५०:०६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

राखेपमा भएको तोडफोड घटनाप्रति एनएनआइपिए र ओलम्पियन संघद्वारा निन्दा

फाइल तस्विर ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोडको घटनाप्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआएपिए) र ओलम्पियन संघले निन्दा गरेको छन्।

उनीहरुले शनिबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले नेपाली खेलकुदलाई नै बदनाम गराउनले उल्लेख गर्दै कारबाही गर्न माग गरेका छन्।

उच्च अदालत पाटनद्वारा २०८० भदौ १३ गते अवैधानिक ठहर गरेको नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पाछिरिङ लामाको नेतृत्वमा रहेको टोलीले राखेपका सदस्यसचिवको कार्यकक्षमा तोडफोड गरेका थिए। उनीहरूविरुद्ध कालीमाटी प्रहरी बृत्तमा पनि उजुरी दर्ता भइसकेको छ।

बिहीबार मात्र राखेपले गरेको पत्रकार सम्मेलनमा नेपाल उसु महासंघबाट लाक्पाछिरिङ लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कार्बाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो ।

ऐनको दफा १५ मा कुनै व्यक्तिले आफूले नपाएको ओहदा, अधिकार, हैसियत वा सुविधा पाए भनी त्यसको प्रयोग गरेमा कसूरको मात्राअनुसार १ देखि २ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यव्स्था ।

यस्तै दफा १६ मा झुट्टा विवरण दिनेलाई कसूरको मात्राअनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उनीहरुलाई तीन दिनभित्र सफाई पेस गर्न राखेपले अवसर दिएको भोलीपल्ट नै लामासहितका टोलीले सदस्यसचिवको कार्यकक्ष तोडफोड गरेको हो ।

शैलश कर्मचार्य नेतृत्वको नेपाल उसु महासंघले शुक्रबारै विज्ञप्ति जारी गर्दै त्यस गतिविधिमा आफ्ना खेलाडी समावेश नभएको भन्दै उक्त कार्यको भत्र्सना गरेको थियो ।

शनिबार एनएन आइपिए, ओलम्पियन संघ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, इ-स्पोर्टस संघ नेपाललगायतका करिब ४० खेल संघहले विज्ञप्ति जारी उक्त घटनामा संलग्न व्यक्तिलाई कार्बाहीको माग गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो