चैत्र ११, २०८२ बुधबार | ०२:१७:४६
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

काठमाडौंविरुद्ध विराटनगरको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । विराटनगर ब्यान्डिट्सले केबी साम नेपाल कबड्डी लिग(एनकेएल)मा लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सम्पन्न दिनको पहिलो खेलमा विराटनगरले काठमाडौं म्याभरिक्समाथि एक अंकको जित हासिल गर्यो ।

जितसँगै विराटनगर दुई खेलमा स्पष्ट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई हराएको थियो ।

पहिलो हाफको समाप्तिमा विराटनगर सात अंकले अगाडि रह्यो । विराटनगरले २६ अंक जोड्दा काठमाडौंले मात्र १९ अंक बनायो । दुई अल आउटका साथ विराटनगरले १७ अंकको फराकिलो अग्रता कायम गरेको थियो । तर, काठमाडौंका लागि कप्तान घनश्याम रोका मगरले लगातार दोस्रो खेलमा सान्दार प्रदर्शन गरे । घनश्यामको दुई सुपर रेडसहित काठमाडौंले अन्तरलाई सात अंकमा घटाएको हो । यसबीच विराटनगर पनि अल आउटको शिकार बन्यो ।

दोस्रो हाफमा पुनरागमन गरेको काठमाडौं अन्तिम एक मिनेटमा चुक्न पुग्यो । अन्तिम ५४ सेकेन्ड्स बाँकी छँदा स्कोर ४१-४१ को बराबरीमा आइपुगेको थियो । तर, विराटनगरका लागि थाइल्यान्डका खेलाडी रोयनग्रम चतुरोनफैसनले एकै रेडमा तीन अंक हासिल गरेपछि खेल पल्टिएको हो ।

विराटनगरले रेड र ट्याकलमा २८, बोनसमा ११, अल आउटमा चार र सुपर ट्याकलमा एक अंक हासिल गर्यो । काठमाडौंले रेड र ट्याकलमा ३०, बोनसमा ९ र अलआउटमा चार अंक हासिल गर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो