काठमाडौं । नेपाली राष्ट्रिय ककड्डी टोलीका कप्तान घनश्याम रोक्कामगरसम्मिलित हरियाणा स्टिलर्स भारतीय प्रो कबड्डी लिग च्याम्पियन बनेको छ ।
पुणेस्थित श्री शिव छत्रपती स्पोर्टस कम्प्लेक्समा आइतबार सम्पन्न फाइनलमा हरियाणाले पट्ना पायरेट्सलाई ३२-२३ ले पराजित गर्यो ।
हरियाणाले पहिलो पटक प्रो कबड्डी लिगको उपाधि जितेको हो । गत सिजन हरियाणा पुणेरी पल्टनसँग पराजित भएको थियो ।
सेमिफाइनलमा हरियाणाले युपी योद्धाज र पटनाले दबाङ दिल्ली कबड्डी क्लबलाई पराजित गरेका थिए ।
घनश्यामले सात खेलमा ४४ रेड गर्दा १५ अंक बटुलेका थिए । यसैगरी उनले ट्याकलबाट पनि एक अंक जोडेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
