चैत्र ८, २०८२ आइतबार | ०५:०३:३९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

दीपक, तुलसा र रतन नेपाल ओलम्पिक कमिटीको मानार्थ उपाध्यक्ष

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको कार्यसमिति बैठकले तीन मानार्थ उपाध्यक्ष मनोनयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठको  अध्यक्षतामा  आइतबार सम्पन्न पहिलो कार्यसमिति बैठकले जुडो संघका दिपकहर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष श्री तुलसी थापा र नेपाल भारोत्तोलन संघका निर्वतमान अध्यक्ष रतनकुमार टन्डनलाई ओलम्पिक कमिटीको विद्यान अनुसार मानार्थ उपाध्यक्षमा मनोनयन गर्यो ।

यसैगरी बैठकबाट कुनै पनि अड्डा अदालतमा कानुनी काम कार्वाही गर्न उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको छ ।

शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २०मध्ये २० भोट नै जीवन श्रेष्ठले प्राप्त गरेका थिए । श्रेष्ठका प्रतिस्पर्धी वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले कुनै मत प्राप्त गरेनन् ।

विवादास्पद चुनावबाट टेनिस संघकी अध्यक्ष ज्योती राणा, पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, सुटिङकाकराँतेको दावा गुरुङ र साइक्लिङका गोपाल सुन्दरलाल कक्षपती उपाध्यक्षमा निर्विरोध चयन भएका छन् ।

महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निवार्चित भए ।त्यस्तै सह–महासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घलेतथा सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनकारामकृष्ण श्रेष्ठ (बोस) पनि निर्विरोध चुनिए ।

यता सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो