माघ १५, २०८२ बिहीबार | ०९:४७:२०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

पुरुषोत्तम सिलवाल च्याम्पियन

च्याम्पियन पुरुषोत्तम सिलवाल (बायाँ) र विनिता कपाली ।

भक्तपुर । काठमाडौंका पुरुषोत्तम सिलवाल शनिबार सम्पन्न राष्ट्रिय ‘बी’ बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ  च्याम्पियन बनेका छन् ।

नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे ।

उनले चार जीत र पाँच बराबरीको नतिजा निकाले । समान ६.५ अंक जोडे पनि दोलखाका आशिष फुयाल दोस्रो तथा रौतहटका एफएम रुपेश जैसवाल तेस्रो स्थानमा रहे ।

यी तीनसँगै भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारी चौथो देखि नवौं स्थानमा रहँदै २५औं राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । 

यसैगरी महिलातर्फ विनिता कपाली च्याम्पियन बनेकी छन् । शुक्रबार अन्तिम चरणको स्पर्धामा धनुषाकी शान्ति धिमालमाथि जीत दर्ता गर्दै काठमाडौंकी विनिताले ६.५ अंकका साथ उपाधि हात पारेकी थिइन् । 

यसैगरी  चितवनकी लक्ष्मी कँडेल ५.५ अंक जोडेर दोश्रो स्थानमा रहिन् ।  बाँकेकी इशा गिरी, धनुषाकी शान्ति धिमाल, काठमाडौंकी दानिशा पुरी, पर्साकी शुशीला गुरुङ, झापाकी पुनम प्रसाईं र काठमाडौंकी एञ्जल महर्जन समान ४.४ अंक जोडेर संयुक्तरुपमा तेस्रो स्थान हासिल गर्न सफल रहे ।

यी खेलाडीसँगै काठमाडौंकी रिया श्रेष्ठ पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन् ।       

पुरस्कार वितरण कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता पुरुष तथा महिला खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।