माघ १५, २०८२ बिहीबार | ०६:०९:२८
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

मिसन-२०२६ ले अर्को वर्ष पनि निरन्तरता पाउँछः सदस्यसचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्धारा सञ्चालित मिसन-२०२६ अन्तर्गत आ.व.२०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबार सम्पन्न भएको छ ।

समापन समारोहमा राखेप सदस्यसचिव टंकलाल घिसिङले मिसन-२०२६ कार्यक्रमलाई आगमी वर्ष पनि निरन्तरता  दिइने बताए ।

‘मिसन-२०२६ परिषद्को मुख्य कार्यक्रममध्ये एक हो । अर्को आ.व. मा पनि यसलाई निरन्तरता दिइने छ। चाँडै प्रशिक्षण सुरु हुनेछ,’ सदस्यसचिव घिसिङले भने, ‘मैले पदभार ग्रहण गरेकै दिन दुई वटा फाइल सदर गरेको थियो । पहिलो खेलकुद विमालेख कार्यन्वयनमा ल्याउने र दोश्रो राष्ट्रिय टिमको तयारी नियमित र दीर्घायु रूपमा अगाडि बढाउनु पर्छ भन्ने थियो । यी दुवै योजना पूरा भएको छ ।’

सदस्यसचिव घिसिङले अर्को वर्षका लागि प्रस्ताव गरेको भन्दा कम भए पनि चालु आ.व.को भन्दा बढी बजेट आएको जानकारी गराए ।

‘प्रशिक्षणका लागि बजेट कम भए पनि चालु आ.व.को तुलनामा यो पटक बढी बजेट विनियोजन भएको छ,’ सदस्यसचिव घिसिङले भने,‘ मिसन २०२६ कै लागि भनेर ‘सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा फिजिकल फिट्नेस सेन्टर बनाउन यसै हप्तामा सात करोडको टेन्डर आह्वान हुँदैछ । यसैगरी स्पोर्टस साइन्स ल्याबका लागि सामाग्री खरिद गर्न चार करोड बजेट विनियोजन भएको छ । अन्य शीर्षकबाट राष्ट्रिय टिम तयारीका लागि बजेट व्यवस्थापन गर्न सकिन्छ ।’

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबै खेलाडी, प्रशिक्षक र संघका पदाधिकारीले २०औं एसियाली खेलकुदमा पदक नै अन्तिम लक्ष्य हो भनी अगाडि बढ्नु पर्ने बताए ।

राखेपले२०८० साल माघ १५ देखि मिसन-०२६ अन्तर्गत पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङलाई समावेश गरी राष्ट्रिय टिमको विशेष प्रशिक्षण सुरु गरेको थियो । दोश्रो चरणमा २०८१ साल जेठ ६ गतेदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स थप्दै खेल संख्या १० पुर्याइएको थियो ।

जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन-२०२६ को सुरुआत गरिएको थियो ।

नेपाली खेलकुदको इतिहासमा कुनै पनि एसियाली खेलकुद सम्पन्न भएको लगत्तै आगामी संस्करणका लागि यति लामो समयको तयारी सुरु गरिएको पहिलो पटक हो ।

कार्यक्रममा राखेपका पूर्व सदस्यसचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेपका सदस्य पेमा डोल्मा लामा, प्रकाशकुमार कुसारी, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, विशेष प्रशिक्षणमा रहेका खेलका राष्ट्रिय संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।