अखिल नेपाल कबड्डी संघ

मुख्यमन्त्री सिंह कबड्डी संघको वरिष्ठ सल्लाहकार

काठमाडौं । अखिल नेपाल कबड्डी संघले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

यसैगरी युवराज श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरिएको छ ।