चैत्र ६, २०८२ शुक्रबार | ०७:४६:११
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

चन्द्रमालाई दोहोरो स्वर्ण

काठमाडौं । चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुद अन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । चन्द्रमाले होचा/पुड्का महिलाको १०० र २०० मिटर दौडमा स्वर्ण जितिन् ।

चन्द्रमाले १०० मिटर दौड २१.२५ सेकेन्डमा पूरा गरिन् । सिर्जना सेन्चुरी दोश्रो तथा अमृता बाँस्तोला तेश्रो भइन् । २०० मिटर दौड ४५.२६ सेकेन्डमा पूरा गर्दै चन्द्रमाले अर्को स्वर्ण जितिन् । सिर्जना तथा अमृता नै क्रमशः दोश्रो र तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको व्यवस्थापनमा भएको प्रतियोगिताको व्हीलचेयर पुरुष १००  मिटरमा लक्ष्मीराज भट्ट पहिलो भए । उनले २६.७६ सेकेन्ड समय लगाए । सविन थापा दोश्रो तथा सन्तोष कार्की तेश्रो भए ।

 सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल ३६.१५ सेकेन्ड समयमा पहिलो भइन् । बविता फुयाल दोश्रो तथा प्रतिक्षा माझी तेश्रो भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको होचा÷पुड्का पुरुष २०० मिटर दौडमा लालबहादुर खत्री प्रथम भए । उनले ४३.८३ सेकेन्डमा दौड सकाए । खुर्शेद मन्सुर दोस्रो तथा राजदीप थापा क्षेत्री तेस्रो स्थानमा स्थानमा रहे ।

सो स्पर्धाको १०० मिटरमा भने खुर्शेद पहिलो भए । उनले निर्धारित दूरी २०.०५ सेकेन्डमा तय गर्दै पहिलो भए । लालबहादुरले दोश्रो स्थानमा चित्त बुझाए भने मानबहादुर नेवार तेश्रो स्थान हासिल गरेका छन् ।

पूर्ण दृष्टिविहीनको पुरुष  १०० मिटर दौडमा विश्वराम दनुवारले स्वर्ण जिते । विश्वरामले १५.९५ सेकेन्ड समय खचिए । धीरेन्द्र बुढाले रजत तथा विपेश चौधरीले कांस्य हात पारे ।

उक्त स्पर्धाको महिलामा २३.८१ सेकेन्डमा दौड पूरा गरेकी सकुन्तला वादी पहिलो भइन् । प्रेरणा खप्तरी दोश्रो तथा रेणुका तामाङ तेश्रो स्थान हासिल गरे ।

अल्प दृष्टिविहीनको पुरुष १०० मिटर दौडमा दयारामनारायण चौधरीले स्वर्ण पदक जिते । उनले १४.०९ सेकेन्डमा दौड पूरा गरे । सुवास सुनारले रजत तथा दावा स्याङबु शेर्पा कांस्य पदक हात पारेका छन् ।

सो स्पर्धाको महिलामा दिलसरा धमला १८.१० सेकेन्ड समय निकाल्दै पहिलो स्थानमा रहिन् । सरिता घिमिरे दोश्रो तथा पवित्रा धामी तेश्रो स्थान हासिल गरे ।

क्रचेचतर्फ पुरुष  १००  मिटर दौडमा निखिलकुमार बुढा पहिलो भए । उनले २६.६८ सेकेन्ड समय निकाले । गिरीराज थापा दोश्रो तथा हरिबहादुर गुरुङ तेश्रो भए । सामान्य अपाङ्गको पुरुष १०० मिटर दौड १५.२२ सेकेन्डमा पूरा गर्दै यम्बर घले मगरले स्वर्ण जिते । हिक्मत थापामगरले रजत तथा नागेश जोशीले कांस्य पदक प्राप्त गरे ।

बौद्धिकतर्फ पुरुष १२-१५ वर्षको १०० मिटर दौडमा मिटियोन ताचामो पहिलो भए । उनले निर्धारित दूरी १६.५० सेकेन्डमा पूरा गरे । विवेक श्रेष्ठ दोश्रो तथा कृष दुवाल तेश्रो स्थानमा रहेका छन् ।

सो स्पर्धाको महिलामा सर्वदा सुवाल पहिलो भइन् । सर्वदाले ३५.०५ सेकेन्डमा निर्धारित दूरी सकाइन् । निर्माना शाक्य दोश्रो तथा समिक्षा सिल्पकार तेश्रो भए ।

बौद्धिकतर्फ १८ वर्षमाथि पुरुष  १००  मिटर दौडमा अदित वज्राचार्यले स्वर्ण जिते । उनले निर्धारित दूरी १५.२१ सेकेन्डमा पूरा गरे । शक्ति तिमल्सेना रजत तथा सुशन बुयोले कांस्य पदक हात पारेका छन् ।

उक्त स्पर्धाको महिलामा २१.०३ सेकेन्डमा पूरा गर्दै निता श्रेष्ठ पहिलो भइन् । आस्मा वज्राचार्य दोश्रो तथा लोजिना खरेल तेश्रो स्थानमा रहे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो