पुस २५, २०८२ शनिबार | २२:३७:१३
केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे

चन्द्रमालाई दोहोरो स्वर्ण

काठमाडौं । चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुद अन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । चन्द्रमाले होचा/पुड्का महिलाको १०० र २०० मिटर दौडमा स्वर्ण जितिन् ।

चन्द्रमाले १०० मिटर दौड २१.२५ सेकेन्डमा पूरा गरिन् । सिर्जना सेन्चुरी दोश्रो तथा अमृता बाँस्तोला तेश्रो भइन् । २०० मिटर दौड ४५.२६ सेकेन्डमा पूरा गर्दै चन्द्रमाले अर्को स्वर्ण जितिन् । सिर्जना तथा अमृता नै क्रमशः दोश्रो र तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको व्यवस्थापनमा भएको प्रतियोगिताको व्हीलचेयर पुरुष १००  मिटरमा लक्ष्मीराज भट्ट पहिलो भए । उनले २६.७६ सेकेन्ड समय लगाए । सविन थापा दोश्रो तथा सन्तोष कार्की तेश्रो भए ।

 सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल ३६.१५ सेकेन्ड समयमा पहिलो भइन् । बविता फुयाल दोश्रो तथा प्रतिक्षा माझी तेश्रो भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको होचा÷पुड्का पुरुष २०० मिटर दौडमा लालबहादुर खत्री प्रथम भए । उनले ४३.८३ सेकेन्डमा दौड सकाए । खुर्शेद मन्सुर दोस्रो तथा राजदीप थापा क्षेत्री तेस्रो स्थानमा स्थानमा रहे ।

सो स्पर्धाको १०० मिटरमा भने खुर्शेद पहिलो भए । उनले निर्धारित दूरी २०.०५ सेकेन्डमा तय गर्दै पहिलो भए । लालबहादुरले दोश्रो स्थानमा चित्त बुझाए भने मानबहादुर नेवार तेश्रो स्थान हासिल गरेका छन् ।

पूर्ण दृष्टिविहीनको पुरुष  १०० मिटर दौडमा विश्वराम दनुवारले स्वर्ण जिते । विश्वरामले १५.९५ सेकेन्ड समय खचिए । धीरेन्द्र बुढाले रजत तथा विपेश चौधरीले कांस्य हात पारे ।

उक्त स्पर्धाको महिलामा २३.८१ सेकेन्डमा दौड पूरा गरेकी सकुन्तला वादी पहिलो भइन् । प्रेरणा खप्तरी दोश्रो तथा रेणुका तामाङ तेश्रो स्थान हासिल गरे ।

अल्प दृष्टिविहीनको पुरुष १०० मिटर दौडमा दयारामनारायण चौधरीले स्वर्ण पदक जिते । उनले १४.०९ सेकेन्डमा दौड पूरा गरे । सुवास सुनारले रजत तथा दावा स्याङबु शेर्पा कांस्य पदक हात पारेका छन् ।

सो स्पर्धाको महिलामा दिलसरा धमला १८.१० सेकेन्ड समय निकाल्दै पहिलो स्थानमा रहिन् । सरिता घिमिरे दोश्रो तथा पवित्रा धामी तेश्रो स्थान हासिल गरे ।

क्रचेचतर्फ पुरुष  १००  मिटर दौडमा निखिलकुमार बुढा पहिलो भए । उनले २६.६८ सेकेन्ड समय निकाले । गिरीराज थापा दोश्रो तथा हरिबहादुर गुरुङ तेश्रो भए । सामान्य अपाङ्गको पुरुष १०० मिटर दौड १५.२२ सेकेन्डमा पूरा गर्दै यम्बर घले मगरले स्वर्ण जिते । हिक्मत थापामगरले रजत तथा नागेश जोशीले कांस्य पदक प्राप्त गरे ।

बौद्धिकतर्फ पुरुष १२-१५ वर्षको १०० मिटर दौडमा मिटियोन ताचामो पहिलो भए । उनले निर्धारित दूरी १६.५० सेकेन्डमा पूरा गरे । विवेक श्रेष्ठ दोश्रो तथा कृष दुवाल तेश्रो स्थानमा रहेका छन् ।

सो स्पर्धाको महिलामा सर्वदा सुवाल पहिलो भइन् । सर्वदाले ३५.०५ सेकेन्डमा निर्धारित दूरी सकाइन् । निर्माना शाक्य दोश्रो तथा समिक्षा सिल्पकार तेश्रो भए ।

बौद्धिकतर्फ १८ वर्षमाथि पुरुष  १००  मिटर दौडमा अदित वज्राचार्यले स्वर्ण जिते । उनले निर्धारित दूरी १५.२१ सेकेन्डमा पूरा गरे । शक्ति तिमल्सेना रजत तथा सुशन बुयोले कांस्य पदक हात पारेका छन् ।

उक्त स्पर्धाको महिलामा २१.०३ सेकेन्डमा पूरा गर्दै निता श्रेष्ठ पहिलो भइन् । आस्मा वज्राचार्य दोश्रो तथा लोजिना खरेल तेश्रो स्थानमा रहे ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||