काठमाडौं। दोलखाका खेलाडी र खेलकुदलाई समेटेर तयार पारिएको पुस्तक ‘दोलखामा खेलकुद’ विमोचन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्वसामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पुस्तक विमोचन गरे ।
सदस्यसचिव घिसिङले हरेक जिल्लाले आफ्नो खेल गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने हो भने समग्र देशको खेलकुद बारे बुझ्न सहज हुने धारणा व्यक्त गरे ।
साथै घिसिङलेले आफ्नो कार्यकालमा तीन पुस्तक प्रकाशन भइसकेको र बाँकी दुई पुस्तक प्रकाशको तयारी भइरहेको बताए ।
पूर्व मन्त्री बस्नेतले व्यक्तिसँगै राष्ट्रलाई पनि विश्वमाझ चिनाउन खेलकुदले महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरिन् ।
लेखक विकास तामाङ मोक्तानले पुस्तक विक्रीबाट संकलन भएको रकमबाट दोलखाका खेलाडीलाई सहयोग गर्न कोष स्थापना गर्ने सोच रहेको बताए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
