माघ १७, २०८२ शनिबार | १२:४७:३२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

अभिकलाई अग्रता

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसइइ कप र्यापिड बुद्धिचाल प्रतियोगिताको पहिलो दिन अभिक शाहले चार अंकसहित अग्रता लिएका छन् ।

बत्तिसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजमा भइरहेको प्रतियोगितामा जेम्स स्कुलका १८२५ रेटिङका अभिकले मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई पराजित गरे ।

शीर्ष वरीयता १९७२ रेटिङका पुरुषोत्तम सिलवालले पनि हरेन्द्रकुमार महतो, स्वीतकराज जोशी, शम्बुहाङ राई र निश्चल अधिकारीलाई पराजित गर्दै अभिक समान चार अंक जोडे। तर, समान अंक भए पनि टाइब्रेकरको आधारमा अभिक शीर्ष स्थानमा छन् ।

स्विस प्रणलीको आधारमा भइरहेको प्रतियोगितामा तेजश, स्वस्तीकराज, निश्चल, विभूषित, रोहित, रोहन खतिवडा, अनुप सिवाकोटीले समान तीन अंक जोडेका छन् । यसैगरी शम्बुहाङ दुई अंक बटुल्दै पहिलो दिन शीर्ष १० मा रहे ।

गर्ल्सतर्फ अंशुदिल प्रजापती दुई अंकका साथ शीर्ष स्थानमा छिन् । जेसिका सिंह एक अंकसहित दोस्रो स्थानमा छिन् ।

प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपियाँसँगै गोल्डेनगेट इन्टरनेसनल कलेजमा छात्रवृत्ति पाउनेछन् ।

यस्तै, गोल्डेनगेटमा अध्यायनका लागि विजेतालाई शतप्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र तेस्रो हुने खेलाडीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।