चैत्र ८, २०८२ आइतबार | ११:१८:५९
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

अभिकलाई अग्रता

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसइइ कप र्यापिड बुद्धिचाल प्रतियोगिताको पहिलो दिन अभिक शाहले चार अंकसहित अग्रता लिएका छन् ।

बत्तिसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजमा भइरहेको प्रतियोगितामा जेम्स स्कुलका १८२५ रेटिङका अभिकले मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई पराजित गरे ।

शीर्ष वरीयता १९७२ रेटिङका पुरुषोत्तम सिलवालले पनि हरेन्द्रकुमार महतो, स्वीतकराज जोशी, शम्बुहाङ राई र निश्चल अधिकारीलाई पराजित गर्दै अभिक समान चार अंक जोडे। तर, समान अंक भए पनि टाइब्रेकरको आधारमा अभिक शीर्ष स्थानमा छन् ।

स्विस प्रणलीको आधारमा भइरहेको प्रतियोगितामा तेजश, स्वस्तीकराज, निश्चल, विभूषित, रोहित, रोहन खतिवडा, अनुप सिवाकोटीले समान तीन अंक जोडेका छन् । यसैगरी शम्बुहाङ दुई अंक बटुल्दै पहिलो दिन शीर्ष १० मा रहे ।

गर्ल्सतर्फ अंशुदिल प्रजापती दुई अंकका साथ शीर्ष स्थानमा छिन् । जेसिका सिंह एक अंकसहित दोस्रो स्थानमा छिन् ।

प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपियाँसँगै गोल्डेनगेट इन्टरनेसनल कलेजमा छात्रवृत्ति पाउनेछन् ।

यस्तै, गोल्डेनगेटमा अध्यायनका लागि विजेतालाई शतप्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र तेस्रो हुने खेलाडीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो