चैत्र ६, २०८२ शुक्रबार | ०४:११:०५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा उपाध्यक्ष लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ ( एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। 

लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय पाएका लामा फरारको सुचीमा थिए । बुधबार सार्वजनिक बिदा भएकाले उनलाई बिहिबार अदालतमा उपस्थित गराइने छ ।

सर्लाही घर भइ काठमाडौं बस्दै आएका लामालाई उच्च अदालत पाटनले २०६४ साल जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५००० रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको यो फैसलापछि उनी १६ वर्षदेखि फरार रहेका थिए।

गत चै २५ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ को उपदफा ५ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम लामालाई कुनै पनि खेल संघ महासंघमा निर्वाचित, मनोनितमा राख्न नमिल्ने भन्दै कारबाही गर्न एन्फालाई पत्र पठाएको थियो।

उक्त पत्रमा दावाको सम्बन्धमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को उल्लेखित व्यवस्था आकर्षित नहुने भएमा सो को प्रमाण र कारण सहित साथै, निज त्यस संघको निर्वाचनबाट निर्वाचित भएको विषयमा समेत ७  दिन भित्र परिषद समक्ष लिखित जवाफ पेश गर्न एन्फालाई पत्रमा भनेको थियो। अन्यथा प्रचलित कानून बमोजिम आवश्यक कारवाही गर्ने चेतावनी राखेपले दिएको थियो।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो