माघ १५, २०८२ बिहीबार | २१:१४:५९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

चैतमा स्पोर्टस कनेक्ट हुने

काठमाडौं । नेपाल ओलम्पिक कमिटिसहित खेलका विभिन्न संगठन र संस्थावीच नेटवर्किङ र समन्वय गर्ने उद्देश्यका साथ माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल इस्पोर्टस एसोसिएसन (नेसा) को संयुक्त आयोजनामा स्पोर्टस कनेक्ट कार्यक्रम हुने भएको छ ।

भृकुटीमण्डपमा आगामी चैत २२ देखि २४ गतेसम्म हुने कार्यक्रम अन्तर्गत चौथो नेपाल इस्पोर्टस च्याम्पियनसिप तथा नेपाल एक्स्पो,स्पोर्टस एन्ड फिटनेस एक्स्पो र नेपाल स्पोर्टस कन्क्लेभ आयोजना हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रममा खेल व्यक्तित्व, खेलकुदका नीति निर्माता, उद्योगका नेतृत्वकर्ता, खेलप्रति उत्सुक तथा सर्वसाधारण गरी ठूलो संख्यामा मानिसहरूको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।  

कार्यक्रमअन्तर्गत चौथो नेपाल इस्पोर्टस च्याम्पियनसिप तथा एक्स्पो नेसाको आयोजनामा हुनेछ । जहाँ इस्पोर्टसका सनसनीपूर्ण प्रतियोगिता र प्रदर्शनी हुने बताइएको छ ।

च्याम्पियनसिपमा लोकप्रिय र फरक गरी इस्पोर्टसका विभिन्न विधालाई समावेश गरिएको छ । डोटा २, काउन्टर स्ट्रइक २, पब्जी मोबाइल, एमएलबिबी ओपन, एमएलबिबी वुमेन र इफुटबलमा खेलाडी तथा टिमले उपाधि तथा देशको प्रतिनिधित्व गर्दै विश्व स्तरमा खेल्न पाउने अवसरको लागि प्रतिस्पर्धा गर्नेछन् । यो च्याम्पियनसिप इन्टरनेसनल इस्पोर्टस महासंघ (आइइएसएफ) को आयोजनामा नोभेम्बरमा साउदी अरेबियामा हुने १६ औं विश्व इस्पोर्टस च्याम्पियनसिपको छनोटको रुपमा पनि रहने छ ।

यसैगरी स्पोर्टस एन्ड फिटनेस एक्स्पोमा खेल सामाग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, क्लब, प्रतियोगिता, च्याम्पियनसिप, खेल संघ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, इस्पोर्टसका डिभाइस तथा सेवा प्रदायक, स्पोर्टस एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आ-आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको समन्वयमा हुन लागेको नेपाल स्पोर्टस कन्क्लेभमा नेपाली खेलकुद उद्योगमा नवीनताका लागि तार्किक संवाद र बृहत् छलफल हुने आयोजकले बताएको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।