चैत्र ७, २०८२ शनिबार | १२:०१:४९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

चैतमा स्पोर्टस कनेक्ट हुने

काठमाडौं । नेपाल ओलम्पिक कमिटिसहित खेलका विभिन्न संगठन र संस्थावीच नेटवर्किङ र समन्वय गर्ने उद्देश्यका साथ माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल इस्पोर्टस एसोसिएसन (नेसा) को संयुक्त आयोजनामा स्पोर्टस कनेक्ट कार्यक्रम हुने भएको छ ।

भृकुटीमण्डपमा आगामी चैत २२ देखि २४ गतेसम्म हुने कार्यक्रम अन्तर्गत चौथो नेपाल इस्पोर्टस च्याम्पियनसिप तथा नेपाल एक्स्पो,स्पोर्टस एन्ड फिटनेस एक्स्पो र नेपाल स्पोर्टस कन्क्लेभ आयोजना हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रममा खेल व्यक्तित्व, खेलकुदका नीति निर्माता, उद्योगका नेतृत्वकर्ता, खेलप्रति उत्सुक तथा सर्वसाधारण गरी ठूलो संख्यामा मानिसहरूको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।  

कार्यक्रमअन्तर्गत चौथो नेपाल इस्पोर्टस च्याम्पियनसिप तथा एक्स्पो नेसाको आयोजनामा हुनेछ । जहाँ इस्पोर्टसका सनसनीपूर्ण प्रतियोगिता र प्रदर्शनी हुने बताइएको छ ।

च्याम्पियनसिपमा लोकप्रिय र फरक गरी इस्पोर्टसका विभिन्न विधालाई समावेश गरिएको छ । डोटा २, काउन्टर स्ट्रइक २, पब्जी मोबाइल, एमएलबिबी ओपन, एमएलबिबी वुमेन र इफुटबलमा खेलाडी तथा टिमले उपाधि तथा देशको प्रतिनिधित्व गर्दै विश्व स्तरमा खेल्न पाउने अवसरको लागि प्रतिस्पर्धा गर्नेछन् । यो च्याम्पियनसिप इन्टरनेसनल इस्पोर्टस महासंघ (आइइएसएफ) को आयोजनामा नोभेम्बरमा साउदी अरेबियामा हुने १६ औं विश्व इस्पोर्टस च्याम्पियनसिपको छनोटको रुपमा पनि रहने छ ।

यसैगरी स्पोर्टस एन्ड फिटनेस एक्स्पोमा खेल सामाग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, क्लब, प्रतियोगिता, च्याम्पियनसिप, खेल संघ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, इस्पोर्टसका डिभाइस तथा सेवा प्रदायक, स्पोर्टस एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आ-आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको समन्वयमा हुन लागेको नेपाल स्पोर्टस कन्क्लेभमा नेपाली खेलकुद उद्योगमा नवीनताका लागि तार्किक संवाद र बृहत् छलफल हुने आयोजकले बताएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो