चैत्र १३, २०८२ शुक्रबार | ००:४४:०५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

गुहेश्वरी, बौद्ध र प्यारागनलाई उपाधि

चाँदबाग कम्फेस्टको ब्वाइज बास्केटबल उपाधि विजेता प्यारागन

 काठमाडौं । गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोश्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि शुक्रबार जितेका छन् । गुहेश्वरी ब्वाइज फुटबल, प्यारागन ब्वाइज बास्केटबल र बौद्ध गर्ल्स बास्केटबलमा च्याम्पियन बनेका हुन् । तीनै प्रतिस्पर्धा यु-१२ उमेर समूहको हो ।

बाँसबारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको ब्वाइज फुटबलको फाइनलमा गुहेश्वरीले टीआईएलाई १-० गले पराजित गर्यो ।

 गुहेश्वरीका तकेन्द्र बुढा क्षेत्री उत्कृष्ट खेलाडी तथा टिआइएका नोर्बु तामाङ उत्कृष्ट गोलकिपर घोषित भए । टिआइइएका प्राण्जल बस्नेत प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने ।

ब्वाइज बास्केटबलको फाइनलमा प्यारागनले मनास्लुलाई १६-८ ले हरायो । प्यारागनका अभिषेक घर्ती ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

गर्ल्स बास्केटबलको उपाधि भिडन्तम बौद्धले चेल्सी वर्ल्ड स्कुललाई १४-१२ ले निरास बनायो । बौद्धकी जस्मिन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ बनिन् ।

 विजेतालाई यु-१६ राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक चक्रबहादुर तामाङ, चाँदबागका अध्यक्ष दामोदर लामिछाने, सीजी एडुकेसनकी बिज्नेस युनिट हेड गर्ली अग्रवाल, सीजी एडुकेसनका शैक्षिक प्रमुख भुषण गुरुङ, प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठलगायतले पुरस्कृत गरे ।

फागुन ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज/ गर्ल्स बास्केटबलमा समान १२ तथा फुटबलमा २२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो