माघ १५, २०८२ बिहीबार | ११:५५:४३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

स्पोर्टस अवार्डः चार विधाको शीर्ष तीन सार्वजनिक

काठमाडाैं । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले २०औं एनएसएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधाको शीर्ष ती मनोनयन सार्वजनिक गरेको छ ।

नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित स्पोर्टस अवार्डका लागि मञ्चले शुक्रबार वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षका लागि अन्तिम तीन मा पर्नेहरुको मनोनयन सार्वजनिक गरेको हो ।

अवार्ड समारोह यही माघ २८ गते होटल याक एण्ड यतिमा हुँदैछ । शीर्ष तीनमा एथ्लेटिक्स र क्रिकेटको वर्चस्व छ ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका दिपक अधिकारी र क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेख मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट खेलाडी महिलामा पनि एथ्लेटिक्सकै राजपुरा पछाई र पुष्पा भण्डारीसँगै बास्केटबलकी अनुशा मल्ल छन् ।

वर्षका उत्कृष्ट खेलाडी युवा खेलाडीमा क्रिकेटका देव खनाल, बक्सिङकी सुष्मा तामाङ र एथ्लेटिक्सकी राममाया बुढा मनोनयनमा छन् । वर्षको उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्स चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन् ।

यसअघि मञ्चले यी चार विधामा शीर्ष आठको प्रारम्भिक मनोनयन सार्वजनिक गरेको थियो । यसपटक नयाँ प्रयोग गर्दै मञ्चले सुरुमा शीर्ष आठ र त्यसपछि शीर्ष तीन को मनोनयन सार्वजनिक गरेको हो ।

विभिन्न नौ विधामा वितरण गरिने अवार्डका पिपल्स च्वाइसका लागि यसअघि नै पाँच खेलाडीको मनोनयन सार्वजनिक भइसकेकाे छ ।

पिपल्स च्वाइस अवार्डको मनोनयमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ छन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लेट सम्मान स्पेशल अवार्ड र एसियन जर्नालिस्ट अवार्ड भने अवार्ड समारोहमै घोषणा गरिनेछ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक अनी पिपुल्स च्वाइस गरी पाँच विधाका विजेताले पल्सर मोटरबाइक प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार पाउनेछन् ।

स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा हजारा हुलासचन्द एन्ड कम्पनी तथा सहप्रायोजक र सहयोगीमा इ-सेवा, केन्सी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यति, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिस, रोयल सिगी होटल, प्लाजा होटल ग्रुप, आइएसएस, इ-ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।