चैत्र १४, २०८२ शनिबार | २३:३५:३०
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

स्पोर्टस अवार्डः चार विधाको शीर्ष तीन सार्वजनिक

काठमाडाैं । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले २०औं एनएसएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधाको शीर्ष ती मनोनयन सार्वजनिक गरेको छ ।

नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित स्पोर्टस अवार्डका लागि मञ्चले शुक्रबार वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षका लागि अन्तिम तीन मा पर्नेहरुको मनोनयन सार्वजनिक गरेको हो ।

अवार्ड समारोह यही माघ २८ गते होटल याक एण्ड यतिमा हुँदैछ । शीर्ष तीनमा एथ्लेटिक्स र क्रिकेटको वर्चस्व छ ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका दिपक अधिकारी र क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेख मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट खेलाडी महिलामा पनि एथ्लेटिक्सकै राजपुरा पछाई र पुष्पा भण्डारीसँगै बास्केटबलकी अनुशा मल्ल छन् ।

वर्षका उत्कृष्ट खेलाडी युवा खेलाडीमा क्रिकेटका देव खनाल, बक्सिङकी सुष्मा तामाङ र एथ्लेटिक्सकी राममाया बुढा मनोनयनमा छन् । वर्षको उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्स चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन् ।

यसअघि मञ्चले यी चार विधामा शीर्ष आठको प्रारम्भिक मनोनयन सार्वजनिक गरेको थियो । यसपटक नयाँ प्रयोग गर्दै मञ्चले सुरुमा शीर्ष आठ र त्यसपछि शीर्ष तीन को मनोनयन सार्वजनिक गरेको हो ।

विभिन्न नौ विधामा वितरण गरिने अवार्डका पिपल्स च्वाइसका लागि यसअघि नै पाँच खेलाडीको मनोनयन सार्वजनिक भइसकेकाे छ ।

पिपल्स च्वाइस अवार्डको मनोनयमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ छन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लेट सम्मान स्पेशल अवार्ड र एसियन जर्नालिस्ट अवार्ड भने अवार्ड समारोहमै घोषणा गरिनेछ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक अनी पिपुल्स च्वाइस गरी पाँच विधाका विजेताले पल्सर मोटरबाइक प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार पाउनेछन् ।

स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा हजारा हुलासचन्द एन्ड कम्पनी तथा सहप्रायोजक र सहयोगीमा इ-सेवा, केन्सी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यति, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिस, रोयल सिगी होटल, प्लाजा होटल ग्रुप, आइएसएस, इ-ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो