चैत्र १३, २०८२ शुक्रबार | १०:३७:००
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड विजेतालाई युनाइटेड अजोडको ७ लाख बराबरको खेलकुद विमा

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं सँस्करणको विजेता खेलाडीलाई नेपालको प्रख्यात विमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद विमा पोलिसी प्रदान गर्ने भएको छ ।

यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक आठ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको लागि सो पोलिसी प्रदान गर्ने भएको हो ।

युनाइटेड अजोड पल्सर स्पोर्टस अवार्डको यस वर्षको इन्स्योरेन्स पार्टनरको रुपमा पनि आवद्ध भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्राली बिच यस सम्बन्धमा सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि सीइओ रावलले नेपालमा भर्खरै शुरु भएको खेलकुद विमा पोलिसीलाई संस्थागत गर्न यो सहकार्यले सहयोग पुग्ने विश्वास लिएको बताए ।

त्यस्तै मञ्चका अध्यक्ष सुवेदीले नेपालकै प्रतिष्ठित विमा कम्पनी संग सर्वोकृष्ट खेलकुद अवार्ड कार्यक्रम जोडिन पाउँदा खेलाडीहरु थप लाभान्वित हुने बताए।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ। त्यस बाहेक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । यी खेलाडीको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ ।

पिपल्स च्वाइसको एनएसजेएफको आधिकारिक फेसबुक पेज तथा हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेजबाट प्रचार कार्य जारी छ ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डका अन्य सहयोगीहरुमा ई सेवा, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, सुबिसु, रोयल सिंगी होटल ,प्लाजा ग्रुप अफ होटल, लालपुर्जा नेपाल, आईएसएस,राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी छन्।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो