चैत्र ५, २०८२ बिहीबार | २२:३२:४२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपः दोलखाको एकल अग्रता

ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेश्रो दिन पाँचौं चरणको समाप्तिमा दोलखा चेस होम नेपालले एकल अग्रता लिएको छ ।

बुधबार सम्पन्न चौंथो चारणको खेलमा आयोजक ललितपुर स्पोर्टस क्लबमाथि जित हात पारेको थियो भने पाँचौं चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै दोलखा १० अंकसहित एकल अग्रता लिन सफल भएको हो ।

दोलखाका वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले आजको खेलमा राजन सुवेदीलाई हराए भने क्षितिज भण्डारीसँग बराबरी खेले । यसैगरी सुश्रुत दहालले सुरोज महर्जनमाथि जित निकाले भने सुसिल चौधरीसँग बराबरी खेले ।

मुहान नर्सिङले रिसोन थापासँग बराबरी खेल्दा सेम सुब्बामाथि विजयी प्राप्त गरे । गर्ल्स र अण्डर १६ अन्तर्गत महिला फिडे मास्टर सुजना लोहनीले आयुष देमन रौरालाई पराजित गर्दा अनुपजंग शाहसँग बराबरी खेलेकि छन् ।

आयोजक ललितपुर स्पोटस क्लबले चौंथो चरणमा दोलखा चेस होमसँग ०.५-३.५ अंकले पराजित भए पनि पाँचौं चरणमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई १-३ अंकले पराजित गर्यो र नकआउट चरणमा प्रवेश गर्ने प्रवल सम्भावनालाई जीवीतै राख्न भयो ।

आयोजक ललितपुरका राजन सुवेदीले पुरुसोत्तम दहालसँग बराबरी गर्दा सुरोज महर्जनले विक्रम चोकामीलाई हराए । रिसोन थापाले स्वर्णिम दुवाललाई पराजित गरे र आयुष देमन रौराले अभिक शाहसँग बराबरी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए । ललितपुर स्पोर्टस क्लब ८ अंकसहित दोश्रो स्थानमा छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघले ललितपुर महानगरपालिकालाई ३-१ ले पराजित गर्दा कृष्ण थापाले सजिन महर्जनसँग हार व्यहोरे भने सिन्देश्वर दाशले कमल श्रेष्ठलाई, सुदेन टुईटुईले आर्य मुकारुङलाई र अनुशा गौतमले पुनम प्रसाईंलाई पराजित गरे ।

 त्यस्तै पाँचौं चरणमा मकवानपुर जिल्ला बुद्धिचाल संघका कृष्ण थापाले गोदावरी नगरपालिकाका धिरेन राईलाई र अनुशा गौतमले सान्ती धिमाललाई हराइन् । सिन्देश्वर दाशले सानुभाई महर्जनसँग बराबरी गर्दा सुदेन टुईटुई सुभम न्यौपानेसँग पराजित भए । मकवानपुर ८ अंक प्रोग्रेसिप आधारमा तेश्रो स्थानमा  छ ।  

पाँचौं चरणको नतिजा अनुरुप कोशी प्रदेश चेस संघ र थापाथली चेस पार्क समानले सात अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवीत राखेका छन् ।

भक्तपुर जिल्ला बुद्धिचाल संघ, दोलखा जिल्ला बुद्धिचाल संघ र लुम्बिनी इभेन्ट म्यानेज्मेन्ट समान ६ अंक जोडेर क्रमशः छैटौं, सातौं र आठौं स्थानमा  छन् । प्रतियोगितामा गोदावरी नगरपालिका, पुल्चोक चेस क्लब र कास्की जिल्ला बुद्धिचार संघ समान पाँच अंकसहित नवौं, १० औं र ११ औं स्थानमा छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो