माघ १७, २०८२ शनिबार | ००:२४:०४
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपः दोलखाको एकल अग्रता

ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको तेश्रो दिन पाँचौं चरणको समाप्तिमा दोलखा चेस होम नेपालले एकल अग्रता लिएको छ ।

बुधबार सम्पन्न चौंथो चारणको खेलमा आयोजक ललितपुर स्पोर्टस क्लबमाथि जित हात पारेको थियो भने पाँचौं चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै दोलखा १० अंकसहित एकल अग्रता लिन सफल भएको हो ।

दोलखाका वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले आजको खेलमा राजन सुवेदीलाई हराए भने क्षितिज भण्डारीसँग बराबरी खेले । यसैगरी सुश्रुत दहालले सुरोज महर्जनमाथि जित निकाले भने सुसिल चौधरीसँग बराबरी खेले ।

मुहान नर्सिङले रिसोन थापासँग बराबरी खेल्दा सेम सुब्बामाथि विजयी प्राप्त गरे । गर्ल्स र अण्डर १६ अन्तर्गत महिला फिडे मास्टर सुजना लोहनीले आयुष देमन रौरालाई पराजित गर्दा अनुपजंग शाहसँग बराबरी खेलेकि छन् ।

आयोजक ललितपुर स्पोटस क्लबले चौंथो चरणमा दोलखा चेस होमसँग ०.५-३.५ अंकले पराजित भए पनि पाँचौं चरणमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई १-३ अंकले पराजित गर्यो र नकआउट चरणमा प्रवेश गर्ने प्रवल सम्भावनालाई जीवीतै राख्न भयो ।

आयोजक ललितपुरका राजन सुवेदीले पुरुसोत्तम दहालसँग बराबरी गर्दा सुरोज महर्जनले विक्रम चोकामीलाई हराए । रिसोन थापाले स्वर्णिम दुवाललाई पराजित गरे र आयुष देमन रौराले अभिक शाहसँग बराबरी गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए । ललितपुर स्पोर्टस क्लब ८ अंकसहित दोश्रो स्थानमा छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघले ललितपुर महानगरपालिकालाई ३-१ ले पराजित गर्दा कृष्ण थापाले सजिन महर्जनसँग हार व्यहोरे भने सिन्देश्वर दाशले कमल श्रेष्ठलाई, सुदेन टुईटुईले आर्य मुकारुङलाई र अनुशा गौतमले पुनम प्रसाईंलाई पराजित गरे ।

 त्यस्तै पाँचौं चरणमा मकवानपुर जिल्ला बुद्धिचाल संघका कृष्ण थापाले गोदावरी नगरपालिकाका धिरेन राईलाई र अनुशा गौतमले सान्ती धिमाललाई हराइन् । सिन्देश्वर दाशले सानुभाई महर्जनसँग बराबरी गर्दा सुदेन टुईटुई सुभम न्यौपानेसँग पराजित भए । मकवानपुर ८ अंक प्रोग्रेसिप आधारमा तेश्रो स्थानमा  छ ।  

पाँचौं चरणको नतिजा अनुरुप कोशी प्रदेश चेस संघ र थापाथली चेस पार्क समानले सात अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवीत राखेका छन् ।

भक्तपुर जिल्ला बुद्धिचाल संघ, दोलखा जिल्ला बुद्धिचाल संघ र लुम्बिनी इभेन्ट म्यानेज्मेन्ट समान ६ अंक जोडेर क्रमशः छैटौं, सातौं र आठौं स्थानमा  छन् । प्रतियोगितामा गोदावरी नगरपालिका, पुल्चोक चेस क्लब र कास्की जिल्ला बुद्धिचार संघ समान पाँच अंकसहित नवौं, १० औं र ११ औं स्थानमा छन् ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।