माघ १८, २०८२ आइतबार | १५:१२:५९
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

अन्तर प्रदेश उसुः बागमतीबाट २० खेलाडी छनोट

काठमाडौं । हेटौंडामा हुने प्रथम अन्तर प्रदेश उसु प्रतियोगिताका लागि बागमती प्रदेशबाट २० खेलाडी शनिबार छनोट भएका छन् । 

बागमती प्रदेश उसु संघले आयोजना गरेको छनोट प्रतियोगितबाट सान्सौंमा १३ तथा थाउलोमा सात गरी २० खेलाडी छनोट भएका हुन् । 

सान्सौंको पुरुष ४८ केजीमा सिन्धुलीका मिलन राई, ५२ केजीमा निश्चल तामाङ, ५६ केजीमा विशाल विष्ट र ६० केजीमा ज्ञानध्वज गोले, ६५ केजीमा काभ्रेका शंखध्वज वाइबा, ७० केजीमा सिन्धुपाल्चोकका राजेश रायमाझी, ७५ केजीमा धादिङका विशाल सुवेदी तथा ८० केजीमा ललितपुरका विदेश श्रेष्ठ छनोट भए । 

महिला ४८ केजीमा ललितपुरकी सरु सोती, ५६ केजीमा रामेछापकी मनीषा माझी, ६० केजीमा सिन्धुपाल्चोककी अनुष्का तामाङ, ६५ केजीकमा काठमाडौंकी आयुशा महर्जन र ७० केजीमा सिन्धुपाल्चोककी अम्बिका तामाङ छानिए । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुष छाङ छ्वानमा विपन थापा, नान छ्वानमा निखिल लामिछाने, थाइची छ्वानमा विवेक मण्डल र ताउसु कुन्सुमा रविन्द्र आले मगर छनोट हुन सफल भए । चारै ललितपुरका हुन् । 

महिला छाङ छ्वानमा काठमाडौंकी अस्मिता श्रेष्ठ, नान छ्वानमा ललितपुरकी प्रेमकुमारी आले मगर र थाइची छ्वानमा ललितपुरकै अञ्जली लुङगेली मगर छानिए । 

आ-आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् । अन्तर प्रदेश उसु पुस ११ गतेदेखि सुरु हुँदै छ । 

छनोट हुन सफल खेलाडीलाई नेपाल उसु महासंघका उपमहासचिव राजीव महर्जन, बागमती प्रदेश उसु संघका अध्यक्ष अरुण क्षेत्रीलगायतले प्रमाण पत्र प्रदान गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।