चैत्र १६, २०८२ सोमबार | १३:०१:२४
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

अन्तर प्रदेश उसुः बागमतीबाट २० खेलाडी छनोट

काठमाडौं । हेटौंडामा हुने प्रथम अन्तर प्रदेश उसु प्रतियोगिताका लागि बागमती प्रदेशबाट २० खेलाडी शनिबार छनोट भएका छन् । 

बागमती प्रदेश उसु संघले आयोजना गरेको छनोट प्रतियोगितबाट सान्सौंमा १३ तथा थाउलोमा सात गरी २० खेलाडी छनोट भएका हुन् । 

सान्सौंको पुरुष ४८ केजीमा सिन्धुलीका मिलन राई, ५२ केजीमा निश्चल तामाङ, ५६ केजीमा विशाल विष्ट र ६० केजीमा ज्ञानध्वज गोले, ६५ केजीमा काभ्रेका शंखध्वज वाइबा, ७० केजीमा सिन्धुपाल्चोकका राजेश रायमाझी, ७५ केजीमा धादिङका विशाल सुवेदी तथा ८० केजीमा ललितपुरका विदेश श्रेष्ठ छनोट भए । 

महिला ४८ केजीमा ललितपुरकी सरु सोती, ५६ केजीमा रामेछापकी मनीषा माझी, ६० केजीमा सिन्धुपाल्चोककी अनुष्का तामाङ, ६५ केजीकमा काठमाडौंकी आयुशा महर्जन र ७० केजीमा सिन्धुपाल्चोककी अम्बिका तामाङ छानिए । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुष छाङ छ्वानमा विपन थापा, नान छ्वानमा निखिल लामिछाने, थाइची छ्वानमा विवेक मण्डल र ताउसु कुन्सुमा रविन्द्र आले मगर छनोट हुन सफल भए । चारै ललितपुरका हुन् । 

महिला छाङ छ्वानमा काठमाडौंकी अस्मिता श्रेष्ठ, नान छ्वानमा ललितपुरकी प्रेमकुमारी आले मगर र थाइची छ्वानमा ललितपुरकै अञ्जली लुङगेली मगर छानिए । 

आ-आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् । अन्तर प्रदेश उसु पुस ११ गतेदेखि सुरु हुँदै छ । 

छनोट हुन सफल खेलाडीलाई नेपाल उसु महासंघका उपमहासचिव राजीव महर्जन, बागमती प्रदेश उसु संघका अध्यक्ष अरुण क्षेत्रीलगायतले प्रमाण पत्र प्रदान गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो