चैत्र ८, २०८२ आइतबार | २०:१०:२९
राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै

राखेप सदस्यसचिव घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ । 

नेपाल रग्बी संघका पूर्वअध्यक्ष घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान पुर्याएवापत सम्मान गरिएको हो ।

उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्यसचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो ।

सदस्यसचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन् । सदस्यसचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएएता सन् २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए । २ वर्षअघि उनी राखेप सदस्यसचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसिएत मेम्बर प्राप्त गर्दा सदस्यसचिव घिसिङको महत्वपूर्ण भुमिका थियो । उनकै महत्वपूर्ण भुमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

सन् २०१९ मा एसिया रग्बीको सदस्यमा निर्वाचित भएपछि सदस्यसचिव घिसिङ खासगरी दक्षिण एसियालाई केन्द्रमा राखेर रग्बीको विकास र विस्तारमा निरन्तर कृयाशील रहँदै आएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो