माघ १५, २०८२ बिहीबार | १२:००:१८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

सविता र किशोर सम्मानित

काठमाडौँ । एसियाली खेलकुदका ऐतिहासिक रजत पदक विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुवैले तेक्वान्दोमा उक्त सफलता हात पारेका हुन् । उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन र हरिप्रभा खड्गी,  नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले भनिमण्डलस्थित रामबाघ महलमा आयोजित एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

सविता र उनका श्रीमान् किशोरले १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा क्रमशः रजत र कांस्य जितेका थिए । संयोगवश उनीहरु दुवै १९९९ मा नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद  (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुन् ।

एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने सविता पहिलो खेलाडी हुन् । गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा करातेकी एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जित्दै सविताको उपलब्धीको बराबरी गरेकी थिइन् । इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम इभेन्टमा पनि नेपालले रजत जितेको थियो ।

बैंकक एसियाडमा सविता र किशोरसहित ४ खेलाडीले पदक जितेका थिए । तेक्वान्दोकै सपना मल्ल तथा करातेका समरबहादुर गोलेले कांस्य जितेका थिए ।
उनीहरु २००२ मा अमेरिका पुगेयता हिलोपटक नेपाल आएका हुन् । उनीहरु बिहीबार अमेरिका फर्कदै छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।