चैत्र १२, २०८२ बिहीबार | १८:११:४८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

सविता र किशोर सम्मानित

काठमाडौँ । एसियाली खेलकुदका ऐतिहासिक रजत पदक विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुवैले तेक्वान्दोमा उक्त सफलता हात पारेका हुन् । उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन र हरिप्रभा खड्गी,  नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले भनिमण्डलस्थित रामबाघ महलमा आयोजित एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

सविता र उनका श्रीमान् किशोरले १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा क्रमशः रजत र कांस्य जितेका थिए । संयोगवश उनीहरु दुवै १९९९ मा नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद  (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुन् ।

एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने सविता पहिलो खेलाडी हुन् । गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा करातेकी एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जित्दै सविताको उपलब्धीको बराबरी गरेकी थिइन् । इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम इभेन्टमा पनि नेपालले रजत जितेको थियो ।

बैंकक एसियाडमा सविता र किशोरसहित ४ खेलाडीले पदक जितेका थिए । तेक्वान्दोकै सपना मल्ल तथा करातेका समरबहादुर गोलेले कांस्य जितेका थिए ।
उनीहरु २००२ मा अमेरिका पुगेयता हिलोपटक नेपाल आएका हुन् । उनीहरु बिहीबार अमेरिका फर्कदै छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो