चैत्र १४, २०८२ शनिबार | १५:५१:३६
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

ट्रायथलनका चार प्रशिक्षक कोरिया जाने

काठमाडौं । कोरिया ट्रायथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने विश्व ट्रायथलन प्रशिक्षक कोर्समा सहभागीता जनाउन चार नेपाली प्रशिक्षक कोरिया जाने भएका छन् ।

नोभेम्बर २ देखि १० तारिख सम्म आयोजना हुने कोर्समा नेपालको तर्फबाट शुभ श्रेष्ठ, विनोद तन्डुकार, लक्ष्मी मगर र आस नारायण चौधरीले सहभागीता जनाउन लागेको नेपाल ट्रायथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए ।

महासचिव सुनुवारका अनुसार शुभ, विनोद र लक्ष्मीले लेभल २ र आशनारायणले लेभल १ कोर्समा सहभागिता जनाउने छन् ।

कोरिया जाने प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबार बिदाइ गरे । बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, महासचिव एवं नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठको उपस्थिती थियो ।

छोटो समयमानै अन्तर्राष्ट्रिय खेल मञ्चमा आफ्नो उपस्थितीलाई पुष्टि गर्दै पदक हासिल गर्न सफल यस खेलले उच्च स्तरको प्रशिक्षक उत्पादनका साथ अझै राम्रा र स्तरिय खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने महासचिव सुनुवारले बताए । 

प्रशिक्षकहरु आजै राती कोरिया प्रस्थान गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो