माघ १७, २०८२ शनिबार | ०५:४४:०४
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

पारा टोलीको बिदाइ

काठमाडौं । चीनको हाङझाउमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ भएको छ ।  

टोलीलाई सफलताको शुभकामना दिदै आइतबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे ।

अक्टोबर २२ देखि २८ तारिखसम्म हुने एसियाली पारा खेलकुदमा १० खेलका १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाउ जाँदै छिन् ।

तेक्वान्दोमा पारा ओलम्पियन पलेशा गोबद्धनले के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । पलेशा अध्ययनका साथै प्रशिक्षणका लागि चीनको सांघाईमा रहेको प्रशिक्षक कविराज नेगी लामाले जनाए ।

पलेशा त्यतैबाट पारा खेलकुदमा सहभागी हुनेछिन् । तेक्वान्दोको व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

पलेशाले नै उद्घाटन समारोहको मार्च पास्टमा नेपालको झण्डा बोक्ने टोलीका सेफ दि मिसन एवं नेपाल पारालिम्पिक कमिटीका कोषध्यक्ष ओमनाथ सिवाकोटीले जानकारी गराए ।

एथलेटिक्समा साङबु भोटे १ सय मिटर दौड तथा सुरज भाट ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा सहभागी हुनेछन् । प्रशिक्षकमा सीता भण्डारी छिन् ।

ब्याडमिन्टनमा प्रकाश अधिकारी र हेम गुरुङले सिंगल्स/ डबल्स स्पर्धामा खेल्नेछन् । सुटिङको १० मिटर एयर राइफलमा हिमाल अर्यालले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै आर्चरीमा शक्ति गौचन र फणिनारायण पौडेलले ७५ मिटर दूरी, पावर लिफ्टिङमा दुर्गामान तामाङले ७३ केजी र पवन घर्ती मगरले ७० केजी तथा पौडीको ५० मिटर फ्रिस्टाइलमा भीमबहादुर कुमाल, रमेश खत्री र जेनिशा कडायत सहभागी छन् । पावर लिफ्टिङको प्रशिक्षकमा सञ्जय महर्जन तथा पौडीको प्रशिक्षकमा विजेनमान श्रेष्ठ छन् ।

साइक्लिङमा रञ्जना धामीले ३ हजार र ५ हजार मिटर दूरी तथा जुडोमा मनोज भट्टले ७३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । जुडोको प्रशिक्षकमा मोहन सुनुवार छन् ।

टेबल टेनिसमा डिगमसिंह चेम्जोङ, केशव थापा, लाली तामाङ र विवेक राईले चुनौती पेश गर्नेछन् । अफिसियलमा गणेश कक्षपती, प्रदीप थापा, नारायणराज अर्याल, टेकबहादुर गुरुङ, सरोज श्रेष्ठ, विश्वास बस्नेत, अभिषेक पाण्डे र तारा मोक्तान छन् ।

सेफ दि मिसन सिवाकोटीसहितको २० सदस्यीय टोली सोमबार हाङझाव प्रस्थान गर्दै छन् । बाँकी टोली (अक्टोबर १७ र २० मा हाङझाउ जाने तालिका छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।