चैत्र ७, २०८२ शनिबार | ०१:२३:३५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

वर्ल्ड ओलम्पियन्स फोरममा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको प्रशंसा

काठमाडाैं । नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सन्चालन गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले उच्च प्रशंसा गरेका छन्  ।

टर्कीको इस्तानबुलमा गत शनिबार र आइतबार भएको फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सञ्चालन   गर्नुपर्नेमा जोड दिएको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले बताएका छन् ।

फोरममा अन्य देशका सहभागिले पनि आ आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए ।

हामीले संघले पछिल्लो दुई वर्षमा गरेका ‘स्कुल टु ओलम्पिक’, ओलम्पियन्स रियुनियनलगायत अन्य कार्यक्रमलाई समेटेर तयार पारिएको भिडियो कार्यक्रमका दौरान प्रस्तुत गर्ने अवसर मिलेको थियो, विष्टले भने, त्यसमा ‘स्कुल टु ओलम्पिक’ अभियानलाई सबैले प्रशंसा गर्दा खुसी लागेको तथा थप प्रेरणा मिलेको छ । हामीले सहि कामको सुरुवात गरेको महसुस गरेका छौं ।

देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको जनाउँदै विष्टले भने, हामीले नेपाल ओलिम्पक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्दै ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सन्चालन गरिरहेको छौं,  त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौं ।

फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहेको विष्टले बताए । सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको विष्टले जनाए  ।  

वर्ल्ड ओलम्पियन्स  एसोसिएसनका अध्यक्ष जोय बोउजोउले आफूहरुको संघको उच्च मुल्याङकन गदै तारिफ गरेको उल्लेख गर्दै विष्टले नेपाल आउन नियन्त्रणा सहीत उनलाई मायाको चिनोको रुपमा संघकोतर्फबाट मयुर अंकित काठको आखीझ्याल हस्तान्तरण गरेको बताए ।वर्ल्ड ओलम्पियन संघ का अध्यक्ष ले समय मिलाएर नेपाल आउने वाचा समेत गरेका थिए।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो