चैत्र ७, २०८२ शनिबार | ०७:१८:२१
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

खेलाडी उत्साही छन्, तयारी राम्रो हुन्छ : मास्के

फिलिपिन्समा अगस्ट २९ देखि सेप्‍टेम्बर ५ सम्म हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि नेपाली राष्‍ट्रिय महिला भलिबल टोलीले मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाल भलिबल संघले गत चैतमा सम्पन्‍न पाँचौं आरबिबी एनभिए राष्‍ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको प्रदर्शनका आधारमा ३० खेलाडीको प्रारम्भिक छनोट गरेको थियो । उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक जगदिश भट्ट र प्रज्वलबहादुर सिंह रहेको तीन  सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको थियो । पहिलो चरणको बन्द प्रशिक्षण अघिल्लो साताबाटै सुरु गर्ने योजना भए पनि कोभिड १९ को महामारीका कारण गृह मन्त्रालयबाट स्विकृति लिन समय लागेका कारण मंगलबारबाट मात्र त्रिपुरेश्‍वरस्थिय राष्‍ट्रिय खेलकुद परिषदको कभर्डहलमा बन्द प्रशिक्षण सुरु भएको हो । एसियाली स्तरको प्रतियोगिता खेल्न लागेको नेपालको राष्‍ट्रिय खेलको महिला टोलीको तयारीबारे व्यवस्थापनमा सक्रियताका साथ लागेकी भलिबल संघकी उपाध्यक्ष निरोज मास्केसँग खेलाडी डटकमले गरेको कुराकानीको सम्पादित अंश :

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोनको तयारी कस्तो भइरहेको छ ?

- आजबाट भर्खर बन्द प्रशिक्षण सुरु भएको छ । खेलाडीहरु उत्साही छन् । हामीसँग समय पर्याप्त भएकाले तयारी राम्रो हुनेछ ।

विपक्षी टोलीहरुलाई कसरी मुल्याङकन गर्नु भएको छ ?

- राष्‍ट्रिय महिला टोलीले अन्तर्राष्‍ट्रिय प्रतियोगिता नखेलेको लामो समय भइसकेको छ । त्यसैले यो प्रतियोगिता हाम्रो लागि आफू कुन स्थानमा रहेछौं भन्‍ने थाहा पाउनका लागि राम्रो थलो हुनेछ । खासमा यो हामीले आफूलाई जाच्‍ने एउटा परिक्षा जस्तै हो । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा यो हाम्रो पहिलो सहभागिता हो । यस प्रतियोगितामा उत्कृष्‍ट टोलीहरुको सहभागीता हुन्छ । उनीहरु हामी भन्दा धेरै माथिल्लो स्तरका छन् । 

नेपालले प्रतियोगितामा लिएको लक्ष्य के हो ?

- हाम्रो लक्ष्य उत्कृष्‍ट प्रदर्शन गर्ने नै हो । लामो समयको अन्तरालपछि हामी अन्तर्राष्‍ट्रिय प्रतियोगिता खेल्दैछौं । यो हाम्रा लागि आफ्नो स्तरको परिक्षण गर्ने र ठूला प्रतियोगिताको अनुभव बटुल्नका लागि उपयुक्त प्लेटफर्म बन्‍नेछ । यहाँ लिएको अनुभवबाट सिक्दै हामी त्यसलाई दक्षिण एसियाली स्तरमा उपयोग गर्न सक्छौं भन्‍ने विश्‍वास लिएका छौं ।

महामारीको समयमा अभ्यास कसरी व्यवस्थित र नियमित बनाउने योजना छ  । स्वास्थ मापदण्डको पालना कसरी गर्नु हुन्छ ?

- हामीले प्रतियोगिताका लागि जेठ २१ गतेबाटै बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि गृह मन्त्रालयले अनुमति नदिँदा प्रशिक्षण तत्काल सुरु गर्न सकेनौं । अहिले भने हामीले स्वास्थका सम्पूर्ण मापदण्ड पालना गर्दै अभ्यास सुरु गर्दैछौं । सबै खेलाडी, प्रशिक्षक र व्यस्थापकको पिसिआर परिक्षण गरिएको छ । सबैको नतिजा नेगेटिभ आइसकेको छ । सबै खेलाडीहरुलाई वर्ल्ड ट्रेड सेन्टरमा रहेको होटलमा बसोबासको व्यस्था मिलाइएको छ । सामाजिक दुरी कायम गर्ने, अभ्यासबाहेकको समयमा मास्कको अनिवार्य प्रयोग गर्ने लगायतका सबै स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरिनेछ । 

फिलिपिन्स र नेपालको मौसममा निक्कै भिन्‍नता छ, प्रतियोगिता अघि वैदेशिक प्रशिक्षणको सोच बनाइएको छ ?

- हामीले त्यसबारेमा पनि सोचेका छौं । तर महामारीको अवस्था कस्तो हुन्छ भन्‍ने पनि छ । नयाँ संक्रमण दर घट्दै गएर चाढै अवस्था सामान्य होस भन्‍ने कामना गरिरहेका छौं । अवस्था सामान्य बनेसँगै कम्तीमा एक महिना वैदेशिक प्रशिक्षणमा जाने सोच बनाएका छौं ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो