माघ १८, २०८२ आइतबार | ०९:१३:०३
समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ?

गणेशमान सिंह स्मृति फुटसल असोज २ मा हुने

सांकेतिक तस्बिर

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको २६औं स्मृति दिवसमा काठमाडौं जिल्लाव्यापी अन्तरपालिका फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

काठमाडौं जिल्ला नेपाल तरुण दलको आयोजनामा हुने प्रतियोगितामा काठमाडौंका ११ पालिकाको सहभागिता रहने नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए ।

भदौ ३० गते काठमाडौं महानगरसहित ११ वटै पालिकामा वडास्तरीय प्रतियोगिता सञ्चालन हुने र त्यो प्रतियोगिताको विजेता टोलीले सिंहको २६औं स्मृति दिवसका दिन असोज २ गते प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सन्तोष बुढाथोकीले जानकारी दिए । 

प्रतियोगिताका विजेताले दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन्  ।

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरले र सर्वाधिक गोलकर्ताले जनही ११ हजार १ सय ११ रुपैयाँ पाउने छन् । एक दिने प्रतियोगिताका खेलहरु बालुवाटारको ढुकु फुटसलमा सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता संयोजक बुढाथोकीले बताए ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको २०५४ साल असोज २ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । सो दिनलाई नेपाली कांग्रेस र पार्टीका विभिन्न भातृ संगठनले स्मृति दिवसका रुपमा मनाउने गरेकाछन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।