चैत्र १४, २०८२ शनिबार | ००:१६:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसलको तयारी पूरा

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा मंगलबार देखि लैनचौर फुटसल मैदानमा हुने प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

असोज ३ गतेसम्म हुने प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ महानगरपालिका र वडा  नं २३ प्रतिस्पर्धा गर्नेछन् । 

आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनल नेपालमा फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिए । उनकाअनुसार यस प्रतियोगितामा करीब ३ सय २० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा परिचालन हुनेछन् ।

प्रतियोगिताकाे विजेताले ट्रफीसहित २ लाख रुपैयाँ प्रदान प्राप्त गर्नेछ । उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १० हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

यस फुटसल प्रतियोगितालाई सफल पार्न वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य, विशाल श्रेष्ठ र रामबहादुर रम्बा रजक रहेको छ सदस्यीय मूल समिति गठन गरिएको छ ।

आयोजकले काठमाडौँ महानगरपलिका प्रमुख बालेन्द्र शाहले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी दिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो