चैत्र ६, २०८२ शुक्रबार | ०१:१६:११
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

सदस्यसचिव सिलवाल बर्खास्त, अदालत जाने तयारी

काठमाडौं (खेलाडी)- नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । 

आज बसेको मन्त्रीपरिषद बैठकले सदस्यसचिवबाट सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । सिलवाललाई बर्खास्त गरे पनि हाललाई परिषदका अन्य पदाधिकारी तथा सदस्यमाथि भने कुनै कारवाही नगरिएको बताइएको छ । 

गत वर्ष नयाँ खेलकुद ऐन आएपछि परिषदको बोर्ड स्वत विघटन हुँदा पहिलो कार्यकाल बीचमै त्याग्नु परेका सिलवाल दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट चयन भएका थिए । नयाँ ऐन अनुसार गत वर्ष साउन १३ मा उनले दोस्रो कार्यकालको नियुक्ती लिएका थिए । 

सरकारबाट बर्खास्त भए पनि सिलवाललाई औपचारिक रुपमा यसको कुनै जानकारी नभएको उनी निकट एक पदाधिकारीले खेलाडीसँग बताए । उनले खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि चयन भएको बताउँदै ति पदाधिकारीले सरकारी निर्णयको विरुद्ध कानुनी उपचार खोज्ने बताए । 

'हामीलाई कुनै औपचारिक जानकारी छैन । तत्कालका लागि सदस्यसचिवलाई मात्र बर्खास्त गरेको भन्ने सुनिएको छ । हामी बाँकीको पालो आउँदै होला,' ति पदाधिकारीले भने, 'सदस्यसचिव अहिले कोभिडका कारण आराममा हुनुहुन्छ । तर हामी सरकारी दादागिरी चुपचाप सहेर बस्ने पक्षमा छैनौं । देशमा कानुनी राज छ भन्ने प्रमाणित गर्नका लागि पनि हामी यसको कानुनी उपचारमा जान्छौं ।' 

यसअघि राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्यसचिव युवराज लामालाई सरकार परिवर्तन भएपछि बर्खास्त गर्ने प्रयास गर्दा लामाले कानुनी उपचार खोजेर पूरा कार्यकाल काम गरेको भन्दै ति पदाधिकारीले थपे, 'हामी पनि युवराजजीकै बाटो समाउने छौं ।'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकिकृत हुँदा सदस्यसचिवमा नियुक्त भएका सिलवाल हाल नेकपा एमालेमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने सिलवाललाई नयाँ सरकार बनेलगत्तै बर्खा्स्त गरिने चर्चा थियो । युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुअघि नै खेलकुद मन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दा सिलवालसँग स्पष्टिकरण सोधिएको थियो । तर कोभिड ज्ञढ को संक्रमण भएर उपचारमा रहेको भन्दै सिलवालले स्पष्टिकरण दिएका थिएनन् ।

कोभिड उपचारमा रहेको बताएका सदस्यसचिव सिलवाल १३औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनिपको फाइनल हेर्न उनी माल्दिभ्स गएका थिए । मालेस्थिग राष्ट्रिय रंगशालामा भएको फाइनलमा नेपाली राष्ट्रिय टोली भारतसँग ३-० को नतिजामा पराजित भएको थियो ।

'सदस्यसचिवले नयाँ मन्त्रीसँग पनि आफूलाई कोभिड संक्रमण भएको र निको भएपछि सल्लाहमै जे गर्नु परे पनि  गर्न सकिने बताउनुभएको थियो । तर आज अचानक बर्खास्त गरिएको भन्ने हल्ला चलेको छ । यो सरकारको एकदमै संवेदनाहिन काम हो,'  सिलवालनिकट ती पदाधिकारीले भने ।

तथापि सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उद्धृत गर्दै उनीनिकट स्रोतले भने सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने प्रकृया सुरु गरेको तर बर्खास्त गरिनसकेको बताएको छ । 'बर्खास्त गर्ने नै हो । तर अहिले प्रकृया सुरु गरिएको मात्र हो । प्रकृया पूरा भएपछि बर्खास्त गरिनेछ,' उनले भने ।

(अपडैट गरिएको समाचार)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो