चैत्र १६, २०८२ सोमबार | १५:४३:३१
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासः दीपक र अरहन्त फाइनलमा

काठमाडौं । दीपक थापा र साबिक विजेता अरहन्तकेशर सिम्हा पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकलमा फाइन प्रवेश गरेका छन् ।

दीपकले बिहीबार भएको सेमिफाइनलमा अमिर ब्लोन लाई ३-२ को सेटमा पराजित गरे । दीपकले खेल २-११, ११-९, ११-७, १०-१२, १२-१० ले आफ्नो पक्षमा पारेका हुन्। अमिर चीनको होङजाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी हुन् ।

अर्को सेमिफाइलमा अरहन्तले उमित शाक्यलाई ११-१, ११-३, ११-८को सोझो सेटमा पराजित गरे ।

यसैगरी प्लेट च्याम्पियन्सीपमा पासाङ लामा र विनायक श्रेष्ठबीच उपाधि भिडन्त हुने भएको छ । यस विधाको सेमिफाइनलमा पासाङले अनिल वज्राचार्यलाई ११-८, ११-४, ११-६ तथा विनायकले रिद्धि शाक्यलाई ११-६, ३-११, ११-७, ११-३ ले हराए ।

कृष्णा थापा तीनै खेल जितेर महिला एकतर्फको फाइनल नजिक पुगेकी छन् । कृष्णाले पहिलो चरणमा भावना सुनुवारलाई ३-०, दोस्रो चरणमा स्वस्थानी श्रेष्ठलाई ३-१ र तेस्रो चरणमा अस्मिता नगरकोटीलाई ३-० ले हराएकी थिइन् ।

राष्ट्रिय च्याम्पियन विपना ब्लोनले पनि दुवै खेलमा जित निकालेकी छन्। उनले पहिलो चरणमा भावना सुनुवार र दोस्रो चरणमा अस्मिता नगरकोटीलाई समान ३-० ले सोझो सेटमा पराजित गरिन्।

स्वस्थानीले दुई खेलमध्ये एक जित र एक हारको नतिजा निकालेकी छन् । कृष्णासँग ३-१ को पराजय ब्यहोरेकी स्वस्थानीले अस्मितालाई ३-० ले सोझो सेटमा हराएर फाइनलमा पुग्ने झिनो सम्भावनालाई कायम राखेकी छन् । तीन खेल गुमाएकी अस्मीत बाहिरिएकी छन् ।

पाँच खेलाडीमात्र सामेल महिला एकलमा सबै खेलाडी एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन्। जसबाट शीर्ष दुई स्थानमा रहने खेलाडीले फाइनलमा स्थान बनाउने छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो