चैत्र १२, २०८२ बिहीबार | १७:४९:१७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

स्वस्तिश्री एसइइ कार्निभल सम्पन्न

स्वस्तिश्री एसइइ कार्निभलमा टेबल टेनिस टिम स्पर्धाका विजेता एभिएम टोली

काठमाडौं । स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ  कार्निभल आइतबार सम्पन्न भएको छ । कार्निभलमा फुटसल, बास्केटबल र टेबल टेनिस समावेश गरिएको थियो ।

टेबल टेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए । सो स्पर्धाको गर्ल्समा एभिएमका इभाना थापा पहिलो तथा वियंका राई दोश्रो भए ।

ब्वाइज/ गर्ल्स टिम इभेन्टमा शीर्ष स्थान कब्जा गर्दै एभिएमले १५ हजार रुपैयाँ प्राप्त गर्यो ।

ब्वाइज फुटसलमा सेक्रेट हार्ट स्कुललाई हराउँदै  प्रिमियरले उपाधि जित्यो ।  विजेताले ५५ हजार तथा उपविजेताले ३० हजार रुपौयाँ प्राप्त गरे ।

 मल्पी इन्टरनेसनल स्कुलका सार्थक थापा उत्कृष्ट खेलाडी, सेक्रेट हार्टका केन्द्रराज कुलुङ उत्कृष्ट गोलरक्षक र महेश दाहाल सार्वधिक गोलकर्ता बने ।

फुटसलमा १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

ब्वाइज बास्केटबलमा टिम ऋितिक विजेता तथा टिम ग्रान्डी उपविजेता बने । विजेतालाई ३० हजार तथा उपविजेतालाई १५ रुर्पयाँ प्रदान गरियो । टिम ऋितिकका सुशान्त कार्कीसर्वोत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, टेबलटेनिसका प्रमुख प्रशिक्षक सन्जिव ढुंगेल, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, स्वस्तिश्रीका ब्रान्ड एम्बासडर एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, स्वस्तिश्रीकी प्रिन्सिपल नेहा केसी लगायतले पुरस्कृत गरे ।

खेलहरु सानो भर्याङस्थित आयोजकको मैदानमा भएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो