माघ १७, २०८२ शनिबार | १५:३७:२९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

कर्णाली र बागमती च्याम्पियन

काठमाडौं । कर्णाली प्रदेश र बागमाती प्रदेश बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेलमैदानमा आइतबार सम्पन्न खेलमा कर्णाली पुरुष तथा बागमती महिलातर्फ च्याम्पियन बनेका हुन् ।

पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५-० स्कोरले पराजित गरेको हो । निर्धारित १४ मिनेटको खेल १४-१४ स्कोरको बराबरीमा टुंगिएको थियो । कर्णाली कोशीलाई २२-५ तथा आर्मी एपिएफलाई २०-५ ले पराजित गर्दै फाइन पुगेका थिए ।

महिलाको फाइनलमा बागमतीले आर्मीमाथि २१-५ को सहज जित निकाल्यो । बागमतीले कर्णालीलाई ४७-० र आर्मीले एपिएफलाई ३६-० ले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

दुवैतर्फका विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


पुरुषमा कर्णालीका निरोज कार्की तथा महिलामा बागमतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही पाँच हजार हजार रुपैयाँ प्राप्त गरे । 

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा भएको दुई दिने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान सात गरी १४ टोली सहभागी थिए ।

प्रतियोगितामा पुरुषतर्फ बागमती, कोशी, मधेस र कर्णाली प्रदेशका साथै विभागीय टोली त्रिभुवन अर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको सहभागिता थियो ।

यसैगरी महितातर्फ बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका साथै दुई विभागीय टोली आर्मी र एपिएफ सहभागी थिए  ।

यस प्रतियोगिताबाट नेपाल रग्बी संघले कतारमा हुने एसिया रग्बी सेभेन्स प्रतियोगिता र चिनमा हुने एसियाली खेलकुदका लागि राष्ट्रिय महिला तथा पुरुष टोलीको प्रारम्भिकछनोट गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।