चैत्र १६, २०८२ सोमबार | १६:२६:४०
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

कर्णाली र बागमती च्याम्पियन

काठमाडौं । कर्णाली प्रदेश र बागमाती प्रदेश बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेलमैदानमा आइतबार सम्पन्न खेलमा कर्णाली पुरुष तथा बागमती महिलातर्फ च्याम्पियन बनेका हुन् ।

पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५-० स्कोरले पराजित गरेको हो । निर्धारित १४ मिनेटको खेल १४-१४ स्कोरको बराबरीमा टुंगिएको थियो । कर्णाली कोशीलाई २२-५ तथा आर्मी एपिएफलाई २०-५ ले पराजित गर्दै फाइन पुगेका थिए ।

महिलाको फाइनलमा बागमतीले आर्मीमाथि २१-५ को सहज जित निकाल्यो । बागमतीले कर्णालीलाई ४७-० र आर्मीले एपिएफलाई ३६-० ले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

दुवैतर्फका विजेताले ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


पुरुषमा कर्णालीका निरोज कार्की तथा महिलामा बागमतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही पाँच हजार हजार रुपैयाँ प्राप्त गरे । 

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा भएको दुई दिने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान सात गरी १४ टोली सहभागी थिए ।

प्रतियोगितामा पुरुषतर्फ बागमती, कोशी, मधेस र कर्णाली प्रदेशका साथै विभागीय टोली त्रिभुवन अर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको सहभागिता थियो ।

यसैगरी महितातर्फ बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका साथै दुई विभागीय टोली आर्मी र एपिएफ सहभागी थिए  ।

यस प्रतियोगिताबाट नेपाल रग्बी संघले कतारमा हुने एसिया रग्बी सेभेन्स प्रतियोगिता र चिनमा हुने एसियाली खेलकुदका लागि राष्ट्रिय महिला तथा पुरुष टोलीको प्रारम्भिकछनोट गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो