माघ १५, २०८२ बिहीबार | २३:२१:३३
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं टिम च्याम्पियन


हेटौंडा । काठमाडौं शनिबार सम्पन्न दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो । काठमाडौं ३१ स्वर्ण, २२ रजत र २५ कांस्यसहित च्याम्पियन बनेको हो ।

साबिक विजेता चितवन दोस्रो स्थानमा रहँदा काभ्रेपलान्चोक तेस्रो भयो । चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य तथा काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य पदक प्राप्त गरे ।

ललितपुर १९ स्वर्ण, २७ रजत र २७ कांस्य, सिन्धुपाल्चोक १७ स्वर्ण, आठ रजत र १६ कांस्य तथा मकवानपुर १६ स्वर्ण, ११ रजत र १७ कांस्य हात पार्दै चौथो देखि छैटौं स्थानमा रहे ।

यसैगरी भक्तपुरले १४ स्वर्ण, १४ रजत र नौ कांस्य, नुवाकोटले १० स्वर्ण, १० रजत र २२ कांस्य, रामेछापले १० स्वर्ण नौ रजत र १८ कांस्य, दोलखाले तीन स्वर्ण, ११ रजत र नौ कांस्य तथा सिन्धुलीले तीन स्वर्ण सात रजत र १० कांस्य जित्नै छैटौं देखि ११ औं स्थान हासिल गरे ।

धादिङ ६ रजत १४ कांस्यसहित १२औं तथा रसुवा दुई रजत र पाँच कास्यसहित अन्तिममा रहे । 
 

शीर्ष तीन स्थानमा रहने टोलीलाई मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी लगायतले पुरस्कृत गरे ।

चार जिल्लामा आयोजना भएको प्रतियोगितामा समावेश १३ खेलमध्ये १२ खेलका कुल एक सय ६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।

प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः पाँच हजार, चार हजार र तीन हजार रुपैयाँ पुरस्कार पाए ।

बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भएको थियो ।

फुटबलमा मकवानपुर च्याम्पियन

प्रतियोगिताकाे अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ ।

हेटौंडोको पिप्ले क्याम्पा रंगशालामा शनिबार सम्पन्न फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै च्याम्पियन भएको हो ।

खेलको निर्धारित समय १-१ को बरारीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।

पेनाल्टीमा मकवानपुरका लागि विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गर्दा निर्मल बल भने चुके ।

काठमाडौंका लागि वाङ गुरुङ,कब्बु कन्दवा र सनम शेर्पाले गोल गर्दा खेमराज तामाङ र विवेक राई चुके ।

चितवनका कप्तान प्रितम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।