चैत्र १३, २०८२ शुक्रबार | ०४:१२:५९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

काठमाडौं टिम च्याम्पियन


हेटौंडा । काठमाडौं शनिबार सम्पन्न दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो । काठमाडौं ३१ स्वर्ण, २२ रजत र २५ कांस्यसहित च्याम्पियन बनेको हो ।

साबिक विजेता चितवन दोस्रो स्थानमा रहँदा काभ्रेपलान्चोक तेस्रो भयो । चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य तथा काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य पदक प्राप्त गरे ।

ललितपुर १९ स्वर्ण, २७ रजत र २७ कांस्य, सिन्धुपाल्चोक १७ स्वर्ण, आठ रजत र १६ कांस्य तथा मकवानपुर १६ स्वर्ण, ११ रजत र १७ कांस्य हात पार्दै चौथो देखि छैटौं स्थानमा रहे ।

यसैगरी भक्तपुरले १४ स्वर्ण, १४ रजत र नौ कांस्य, नुवाकोटले १० स्वर्ण, १० रजत र २२ कांस्य, रामेछापले १० स्वर्ण नौ रजत र १८ कांस्य, दोलखाले तीन स्वर्ण, ११ रजत र नौ कांस्य तथा सिन्धुलीले तीन स्वर्ण सात रजत र १० कांस्य जित्नै छैटौं देखि ११ औं स्थान हासिल गरे ।

धादिङ ६ रजत १४ कांस्यसहित १२औं तथा रसुवा दुई रजत र पाँच कास्यसहित अन्तिममा रहे । 
 

शीर्ष तीन स्थानमा रहने टोलीलाई मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी लगायतले पुरस्कृत गरे ।

चार जिल्लामा आयोजना भएको प्रतियोगितामा समावेश १३ खेलमध्ये १२ खेलका कुल एक सय ६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।

प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः पाँच हजार, चार हजार र तीन हजार रुपैयाँ पुरस्कार पाए ।

बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भएको थियो ।

फुटबलमा मकवानपुर च्याम्पियन

प्रतियोगिताकाे अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ ।

हेटौंडोको पिप्ले क्याम्पा रंगशालामा शनिबार सम्पन्न फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै च्याम्पियन भएको हो ।

खेलको निर्धारित समय १-१ को बरारीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।

पेनाल्टीमा मकवानपुरका लागि विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गर्दा निर्मल बल भने चुके ।

काठमाडौंका लागि वाङ गुरुङ,कब्बु कन्दवा र सनम शेर्पाले गोल गर्दा खेमराज तामाङ र विवेक राई चुके ।

चितवनका कप्तान प्रितम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो