मंसिर १७, २०८२ बुधबार | १५:०२:००
युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ

नेसनल चेस च्याम्पियनसिप बैशाख ५ देखि १० गतेसम्म हुने

काठमाडौं नेपाल बुद्धिचाल महासंघको आयोजनामा नेसनल चेस च्याम्पियनसिप बैशाख ५ देखि १० गतेसम्म संचालन हुने भएको छ । 

आयोजकले आइतबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । 

महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने प्रतियोगिता काठमाडौं लाजिम्पाटस्थित होटल ले हिमालयमा हुनेछ ।

६ दिनसम्म चल्ने च्याम्पियनसिप अन्तर्गत २२ औं ओपन एवं सातौं वुमन्स गरी दुई विधामा संचालन गरिने आयोजकले जनाएको छ ।

राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपमा दुवै विधामा समान १० खेलाडीको सहभागीता रहने छ ।

नेसनल ‘बी’ च्याम्पियनसिपबाट छनोट भएका आठ जना, उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागीता हुने च्याम्पियनसिपमा खुलातर्फ उच्च वरीयता प्राप्त क्यान्डिडेट मास्टर विवेक थिङ हाल अस्ट्रेलिया भएका कारण सहभागी हुने छैनन् ।

२१ औँ नेशनल च्याम्पियनसिपका विजेता क्यान्डिडेट मास्टर पुरुषोत्तम चौलागाई हुन भने छैटौं वुमन्स नेसनल च्याम्पियनसिपका विजेता महिला फिडेमास्टर सुजना लोहनी हुन ।

२२ औं नेसनल चेस च्याम्पियनसिपको उपाधिका लागि वर्तमान च्याम्पियन पुरुषोतम चौलागाई सहित नेसनल ‘बी’ बाट छनोट भएका फिडे मास्टर रुपेश जैसवाल, फिडे मास्टर क्षितिज भण्डारी, पूर्व विजेता क्यान्डिडेट मास्टर केशव श्रेष्ठ, पूर्व विजेता सूरविर लामा, झापाका प्रकाशचन्द्र नेपाल एवं राजन सुवेदी, काठमाडौका पुरुषोत्तम सिलवाल र दोलखाका राजिव कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।

वैकल्पिक खेलाडीको रुपमा ललितपुरका राजन पुरी र सजिन महर्जन छन् ।

यसैगरी महिलातर्फ वर्तमान च्याम्पियन वुमन फिडे मास्टर सुजना लोहनी सहित नेसनल ‘बी’ बाट  छनोट भएका पूर्व विजेता सिन्दिरा जोशी, झापाका कृतिसारा अधिकारी एवं पुनम प्रसाई, मोरङका खुश्बु थापा र शान्ति धिमाल, कास्कीका पूजा भण्डारी, काठमाडौंका विनिता कपाली, रिया श्रेष्ठ एवं मार्सल तामाङले सहभागीता जनाउने छन् ।

वैकल्पिक खेलाडीको रुपमा चितवनका लक्ष्मी कँडेल र पर्साका सुशिला गुरुङ छन् ।

च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिपकजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टल तथा सन्  २०२४ मा हंगेरीको बुढापेस्टमा हुने  ४५ औं चेस ओलम्पियाडमा समेत सहभागिता सुनिश्चित गर्नेछन् ।

प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष तीन मा रहने खेलाडीले आगामी वर्ष हुने २३ औँ नेशनल तथा आठौं वुमन नेशनल च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्ने छन् भने अन्य खेलाडीले नेसनल ‘बी’ मा प्रतिस्पर्धा गर्नु पर्नेछ ।  

 


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2