चैत्र ५, २०८२ बिहीबार | १२:०२:२०
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

रग्बी टोली भारत प्रस्थान

काठमाडौं । एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।

नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ सम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोस्रो पटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा गत असारमा भएको प्रतियोगितामा नेपाली पुरुष टोलीले १५ साइडमा ‘डेब्यु’ गरेको थियो ।

खेलाडीहरुमा श्रीराम श्रेष्ठ (कप्तान), विराट श्रेष्ठ (उप कप्तान), विक्रम पुरी, परशुराम राई, विराट ऐडी, अमर श्रेष्ठ, कपिल सापकोटा, विशेस वासु, निरज कार्की, क्षितिज कार्की, विकास मगर, सुजन कुमाल, शेरबहादुर ओली, रमित कुमाल, मिलन थापा, सुरज राना, हुतराज प्रधान, सुरज चौधरी, अनुराग लामिछाने, विक्रम भारती, एडु अधिकारी, सेवक कुँवर, अनिल माझी, भेषराज बास्तोला, विशाल बडु र सुमन चौलागाईं छन् ।

प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश गरी तीन देशको सहभागिता रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । नेपालले नोभेम्बर १९ मा आयोजक भारतसँग पहिलो खेल खेल्नेछ भने त्यसको तीन दिनपछि बंगलादेशसँग खेल्नेछ ।

नेपाली टिमको प्रशिक्षकमा टंकराज गिरी, व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं नेपाल रग्बी संघका पूर्व अध्यक्ष टंकलाल घिसिङ, परिषद्का सदस्य अञ्जन धमला र नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटाले बुधबार बिदाइ गरे ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं