माघ ८, २०८२ बिहीबार | १९:२९:१२
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

रग्बी टोली भारत प्रस्थान

काठमाडौं । एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।

नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ सम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोस्रो पटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा गत असारमा भएको प्रतियोगितामा नेपाली पुरुष टोलीले १५ साइडमा ‘डेब्यु’ गरेको थियो ।

खेलाडीहरुमा श्रीराम श्रेष्ठ (कप्तान), विराट श्रेष्ठ (उप कप्तान), विक्रम पुरी, परशुराम राई, विराट ऐडी, अमर श्रेष्ठ, कपिल सापकोटा, विशेस वासु, निरज कार्की, क्षितिज कार्की, विकास मगर, सुजन कुमाल, शेरबहादुर ओली, रमित कुमाल, मिलन थापा, सुरज राना, हुतराज प्रधान, सुरज चौधरी, अनुराग लामिछाने, विक्रम भारती, एडु अधिकारी, सेवक कुँवर, अनिल माझी, भेषराज बास्तोला, विशाल बडु र सुमन चौलागाईं छन् ।

प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश गरी तीन देशको सहभागिता रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । नेपालले नोभेम्बर १९ मा आयोजक भारतसँग पहिलो खेल खेल्नेछ भने त्यसको तीन दिनपछि बंगलादेशसँग खेल्नेछ ।

नेपाली टिमको प्रशिक्षकमा टंकराज गिरी, व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा लक्ष्मण अधिकारी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं नेपाल रग्बी संघका पूर्व अध्यक्ष टंकलाल घिसिङ, परिषद्का सदस्य अञ्जन धमला र नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटाले बुधबार बिदाइ गरे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate