माघ १५, २०८२ बिहीबार | १३:०२:०२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

जिम्न्यास्टिकमा १४ स्वर्णसहित आर्मी च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जिम्न्यास्टिकमा १४ स्वर्ण पदकसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदक जित्यो । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ५ स्वर्ण, १७ रजत र ४ कास्य  पदक हात पार्दै दोस्रो स्थान हासिल गर्यो । त्यस्तै बागमती प्रदेशले ६ स्वर्ण र ८ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।

टिम इभेन्टअन्तर्गत पुरुषतर्फ १२१.९२५ अंक सहित आर्मीले स्वर्ण पदक जितेको छ । ११३.५५५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जित्यो । ९३.१५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले कास्य पदक जितेको छ ।

टिम इभेन्ट महिलातर्फ ७१.४७५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले स्वर्ण पदक जितेको छ । ६४.३७५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जितेको छ भने ४८.६७ अंक प्राप्त गर्दै नेपाल आर्मीले कास्य पदक जितेको छ ।

भुई व्यायममा पुरुषतर्फ ७.९० अंक प्राप्त गर्दै आर्मीका राजु राईले स्वर्ण जितेका छन् । आर्मीकै रोहन बुढाथोकीले ७.४० अंक प्राप्त गरी रजत र एपिएफका उज्वल तिवारीले ७.०५ अंक प्राप्त गरी कास्य जितेका छन् ।

भुई व्यायम महिलातर्फ आर्मीकै विदीशा न्यौपानेले ८.३५ अंक सहित स्वर्ण पाएकी छन् । एपिएफकी सुनिता दर्नालले ८.०० अंक सहित रजत र ७.९५ अंक सहित बागमती प्रदेशकी प्रकृति थापा मगरले कास्य पदक जितेकी छन् ।

पोमेल हर्स पुरुषतर्फ एपिएफका रिकेश तामाङले स्वर्ण, आर्मीका राजु राईले रजत र आर्मीकै पिज महर्जनले कास्य पदक जिते । रोमन रिङमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका सुनिल बुढाथोकीले कास्य पदक जितेका छन् ।

भल्टिङ हर्स पुरुषतर्फ आर्मीका रोहन बुढाथोकीले स्वर्ण, आर्मीकै राजु राईले रजत र एपिएफका श्रीकृष्ण खरबुजाले कास्य पदक जितेका छन् । प्यारालल बारमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् ।

होराइजेन्टल बारमा आर्मीका राजु राईले स्वर्ण, आर्मीकै विश्वास सुवेदीले रजत र एपिएफका उज्वल तिवारीले कास्य पदक जितेका छन् । अलअराउण्ड पुरुषतर्फ आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् ।

भुई व्यायमअन्तर्गत महिलातर्फ आर्मीका बिदिशा न्यौपानेले स्वर्ण, एपिएफका सुनिता दर्नाले रजत र बागमती प्रदेशका प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् । भल्टिङ हर्स महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, एपिएफकै सुनिता निरौलाले रजत र बागमती प्रदेशकी प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् ।

अलअराउण्ड महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, आर्मीकी बिदिशा न्यौपानेले रजत र एपिएफकै सुनिता निरौलाले कास्य पदक जितेकी छन् ।

महिलातर्फको  खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरि चार इभेन्टमा प्रतिस्पर्धा भएका थिए । पुरुषतर्फ ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार र अलअराउण्ड गरि आठ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । तिन विभागीय क्लब सहित सात प्रदेशका १२० जना खेलाडीको सहभागिता थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।