माघ २, २०८२ शुक्रबार | १८:५१:०५
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

पदक विजेता खेलाडीलाई महानगरको सम्मान

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगद सहित सम्मान गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गरे ।

पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका छन् भने २ वटा कांस्य तथा ५ रजत पदक जितेका छन् । यी सबै इभेन्टमा सहभागी ४१ जना खेलाडीहरूलाई महानगरपालिकाले नगद सहित सम्मान गरेको हो ।

स्वर्ण पदक विजेतालाई प्रति पदक नगद रु.१५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु.५ हजार, कांस्य पदक विजेतालाई प्रति पदक रु.१० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु.५ हजार र रजत पदक विजेता खेलाडीहरूलाई प्रति पदक नगद रु.पाँच हजारका दरले सम्मान गरिएको हो ।

हलसम्म पुरुष ह्यान्डबल बल (समूह), फुल कनट्र्याक्ट करातेका अभिषेक तामाङ र अनीश बुढा, बडि बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै फुल कनट्र्याक्ट कराते कै रूपक नेपाली र शिव भुजेलले कांस्य पदक प्राप्त गरेका छन् । केही खेलमा सहभागी समूहहरूले ५ रजत पदक प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीहरूलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

खेल कै दौरानमा खेलाडीहरूलाई गरिएको सम्मानले थप हौसला मिल्ने उनले विश्वास व्यक्त गरे । खेलाडीहरूमा सकारात्मक ऊर्जाको प्रवाहका लागि यस्ता प्रकारका सम्मानहरू आवश्यक हुने तर्क समेत गरे । पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीहरूको साथैमा रहेको उनले विश्वास दिलाए ।

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीहरूको असल अभिभावकको भूमिकाका रूपमा महानगरपालिका रहेको बताए । महानगरपालिका भित्रका खेलाडीहरूलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नका लागि पोखरा महानगरपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमन्त प्रसाद आचार्यले शिक्षासँगै खेलकुद विकासका नियमित कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाउँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महानगरपालिकाका यति धेरै खेलाडीहरूको सहभागिता हुनुले आफूलाई निकै खुसी लागेको बताए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate