चैत्र ६, २०८२ शुक्रबार | ०२:३१:५१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पदक विजेता खेलाडीलाई महानगरको सम्मान

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगद सहित सम्मान गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ जना पदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गरे ।

पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीहरूले ५ स्वर्ण पदक जितेका छन् भने २ वटा कांस्य तथा ५ रजत पदक जितेका छन् । यी सबै इभेन्टमा सहभागी ४१ जना खेलाडीहरूलाई महानगरपालिकाले नगद सहित सम्मान गरेको हो ।

स्वर्ण पदक विजेतालाई प्रति पदक नगद रु.१५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु.५ हजार, कांस्य पदक विजेतालाई प्रति पदक रु.१० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रति खेलाडी नगद रु.५ हजार र रजत पदक विजेता खेलाडीहरूलाई प्रति पदक नगद रु.पाँच हजारका दरले सम्मान गरिएको हो ।

हलसम्म पुरुष ह्यान्डबल बल (समूह), फुल कनट्र्याक्ट करातेका अभिषेक तामाङ र अनीश बुढा, बडि बिल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै फुल कनट्र्याक्ट कराते कै रूपक नेपाली र शिव भुजेलले कांस्य पदक प्राप्त गरेका छन् । केही खेलमा सहभागी समूहहरूले ५ रजत पदक प्राप्त गरेका छन् । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीहरूलाई प्रतियोगिता समापन लगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

खेल कै दौरानमा खेलाडीहरूलाई गरिएको सम्मानले थप हौसला मिल्ने उनले विश्वास व्यक्त गरे । खेलाडीहरूमा सकारात्मक ऊर्जाको प्रवाहका लागि यस्ता प्रकारका सम्मानहरू आवश्यक हुने तर्क समेत गरे । पोखरा महानगरपालिका सदैव खेलाडी तथा खेलकर्मीहरूको साथैमा रहेको उनले विश्वास दिलाए ।

पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीहरूको असल अभिभावकको भूमिकाका रूपमा महानगरपालिका रहेको बताए । महानगरपालिका भित्रका खेलाडीहरूलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नका लागि पोखरा महानगरपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमन्त प्रसाद आचार्यले शिक्षासँगै खेलकुद विकासका नियमित कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाउँदै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महानगरपालिकाका यति धेरै खेलाडीहरूको सहभागिता हुनुले आफूलाई निकै खुसी लागेको बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो