ह्यान्डबल

अभावमा घस्रिइरहेको ह्यान्डबलका महत्वाकांक्षी योजना

पोखरा । राष्ट्रिय खेलकुदमा ह्यान्डबलको इतिहास लामो छ । राष्ट्रिय खेलकुदको उमेर जति भयो, ह्यान्डबलको पनि त्यतिनै हो । २०३८ सालमा काठमाडौंबाट सुरु भएको राष्ट्रिय खेलकुदको इतिहासमा नेपालगञ्जमा २०५५ सालमा भएको चौथो संस्करणवाहेक ह्यान्डबल कहिल्यै नछुटेको भाग्यमानी खेल हो ।

राष्ट्रिय खेलकुदमा मात्र होइन, समग्र नेपाली खेलकुदमै ह्यान्डबलको इतिहास उपस्थिती र अवसरका दृष्टिले लोभलाग्दो छ । दक्षिण एसियाली खेलुकद (साग) र एसियाली खेलकुदमा लगातार सहभागिता भइरहन्छ । ओलम्पिकमा समावेश खेल भएकाले अन्य अवसर पनि गैह्र अ‍ोलम्पिक खेलको तुलनामा बढि नै आउँछन् । संघकै इतिहासले पनि चार दशक काटिसक्यो ।

४० मिटर लामो र २० मिटर चौडा कोर्ट भए पुग्ने यो खेल महंगो पनि छैन । दुई वटा गोल पोष्ट र एउटा बल व्यवस्था गर्न सके खेल्न पाइन्छ । सानो ठाउँमा खेल्न सकिने भएकाले पहाडी भेगमा पनि खेल मैदान व्यवस्थापनको चुनौती खासै हुँदैन । अत्यन्त तिब्र गतिमा हुने भएकाले यो खेल दर्शकका लागि उत्तिकै आकर्षक छ । नेपालको हकमा नगण्य लगानीको भरमा पनि छिटफुट अन्तर्राष्ट्रिय पदकमा यो खेलले नाम लेखाइसकेको छ । समग्रमा भन्नुपर्दा ह्यान्डबल नेपाली माटो सुहाउँदो हो । राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा निक्कै सम्भावना बोकेको ।

तर, नेपाली ह्यान्डबलको अर्को एउटा सत्य पनि के हो भने यो खेलले कहिल्यै पनि आफ्नो सम्भावनाअनुरुपको गति लिन सकेन । यति रोमाञ्चक हुनाका बावजुद ह्यान्डबल नेपाली खेल समर्थकको बीचमा पुग्नै सकेको छैन । खेल्न सानो ठाउँ भए पुग्छ, तर ढंगको मैदान भएको भनेकै पोखरामा भर्खर बनाइएको एउटा कोर्ट हो । औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको ठूलो सफलता भनेकै १३औं सागमा महिला टिमले जितेको रजत हो ।

कुनै समय थियो, नेपाली खेलकुदमा ह्यान्डबलको बेग्लै प्रभाव थियो । जनस्तरमा पनि लोकप्रिय थियो । नेपालमा गिनेचुनेका खेलमा ह्यान्डबलको नाम आउँथ्यो । त्यही भएर त हो, २०३८ सालबाट वृहत राष्ट्रिय खेलकुद सुरु हुँदा १६ खेलमात्र समावेश गर्दा पनि ह्यान्डबल समावेश गरिएको थियो ।

समग्रमा भन्दा जति सम्भावना भए पनि नेपाली खेलकुदमा ह्यान्डबलको उपस्थिती भनेको औपचारिक मात्र छ । खेलाडी, प्रशिक्षक, रेफ्री र पदाधिकारी र तिनका परिवारवाहेक बाँकी नेपाली यो खेलसँग परिचित समेत छैनन ।

कुनै समय थियो, नेपाली खेलकुदमा ह्यान्डबलको बेग्लै प्रभाव थियो । जनस्तरमा पनि लोकप्रिय थियो । नेपालमा गिनेचुनेका खेलमा ह्यान्डबलको नाम आउँथ्यो । त्यही भएर त हो, २०३८ सालबाट वृहत राष्ट्रिय खेलकुद सुरु हुँदा १६ खेलमात्र समावेश गर्दा पनि ह्यान्डबल समावेश गरिएको थियो ।

‘२०४० सालको वरिपरी ह्यान्डबल नेपालमा एकदमै लोकप्रिय थियो । राष्ट्रिय खेलकुदमा सबै १४ अञ्चलका टिमले सहभागिता जनाउँथे । तर समयक्रममा यो खेल ओरालो लाग्ने क्रम सुरु भयो । कुनै बेला त अस्तित्व समेत देख्न गाह्रो हुने अवस्थामा पुग्यो,’ पूर्व राष्ट्रिय खेलाडी एवं नेपाल ह्यान्डबल संघका महासचिव सन्देश रेग्मी सम्झन्छन् ।

रेग्मीको विचारमा अत्यन्तै लोकप्रिय खेल ओराली यात्रामा लाग्नुका पछाडि केही महत्वपूर्ण कारण छन् । फुटबल र क्रिकेटमा जस्तो यो खेलका लागि अन्तर्राष्ट्रिय महासंघहरुबाट सहयोग आउँदैन । देशमा उद्योगधन्दा फस्टाउन नसक्दा प्रायोजक पाउन पनि गाह्रो भयो । सरकारी लगानी त सुन्यमै झर्यो । जे जति गर्ने हो, संघले आफै गर्नुपर्ने भयो । नेपालजस्तो देशमा खेलेरै आएका मानिसहरु आर्थिक रुपमा धेरै हैसियत नराख्ने हुँदा सोचेजसरी खेल बढ्न सकेन ।

नेपाली ह्यान्डबलको सम्पूर्ण सत्य रेग्मीले भनेजस्तैमात्र पनि होइन । ह्यान्डबलले समग्र नेपाली खेलकुदको नेतृत्व गर्ने मौका पनि पाइरहेकै छ । तथापि त्यो नेतृत्वबाट खेललाई भने ठोष फाइदा पुग्न सकेको छैन ।

‘२०४६ सालमा बहुदल आएपछि सरकारले खेलकुदलाई हेर्ने नजर बदलियो । पहिला सबै खेलमा त्यसको सम्भावना हेरेर समानुपातिक रुपमा लगानी हुन्थ्यो । तर बहुदलपछिका सरकारले जसको शक्ति उसको भक्ति शैलीमा लगानी गर्ने भए । लबिङ गर्न सक्ने खेलले सरकारबाट जति पनि पाउने नसक्नेले केही नपाउने अवस्था आयो । हामी जस्ता खेलेरै आएका प्राविधिकहरु भएको संघले लगानी गर्न सकेनौं । हाम्रो काम र खेलको सम्भावनालाई सरकारले कहिल्यै वास्था गरेन,’ रेग्मीले गुनासो गरे ।

नेपाली ह्यान्डबलको सम्पूर्ण सत्य रेग्मीले भनेजस्तैमात्र पनि होइन । ह्यान्डबलले समग्र नेपाली खेलकुदको नेतृत्व गर्ने मौका पनि पाइरहेकै छ । तथापि त्यो नेतृत्वबाट खेललाई भने ठोष फाइदा पुग्न सकेको छैन ।

नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष हुन् । गण्डकी प्रदेश खेलकुद परिषदको सदस्यसचिवबाट उनी गत सातामात्र उमेर हदका कारण निवर्तमान भए । राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमाल दाहाल पनि ह्यान्डबलकै पूर्व राष्ट्रिय खेलाडी हुन् । कुनै बेला परिषदअन्तर्गत ह्यान्डबलका २९ जना सम्म प्रशिक्षक पनि थिए । जुन संख्या अहिले घटेर दुईमा आएको छ । तर ह्यान्डबलबाट यति धेरै व्यक्तिहरु नेपाली खेलकुदलाई नेतृत्व गर्ने ठाउँमा पुगे पनि खेलले भने त्यसबाट कुनै फाइदा उठाउन सकेन ।

‘लबिङ हुँदै नभएको होइन । तर ति सब आफूले पोष्ट लिनका लागिमात्र भए । खेलको विकासका लागि भएनन्,’ २०४२ साल देखि २०७० सालसम्म २८ वर्षँ खेलाडीका रुपमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका नेपाली ह्यान्डबलका उदाहरणीय खेलाडी रेग्मी दुःखेसो पोख्छन्, ‘एउटा समय थियो, जतिबेला हामी साग र एसियाडवाहेकका अरु अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्थ्यौं । सन् १९८७ देखि १९९० सम्म हामीले हङकङमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण एसियन कपमा लगातार सहभागिता जनायौं । चीन, दक्षिण कोरिया, जापानजस्ता टिमहरुको समेत सहभागिता रहने त्यो प्रतियोगितामा एक चोटी हामी तेस्रो भएका थियौं । सायद त्यो नेपाली ह्यान्डबलको निक्कै ठूलो सफलता थियो । तर, अहिले सम्झँदा ति कुरा कथा जस्ता भइसके ।’

पर्याप्त अवसर पाउनाका बावजुद राष्ट्रिय स्तरमा अगाडि बढाउन नसकेकै कारण अहिले ह्यान्डबल विभागीय टोलीको भरमा टिकेको सत्य उनी स्वीकार्छन । विभागीय टोलीले नधानिदिए राष्ट्रिय टोली बनाउन पनि गाह्रो हुने सत्य उनी लुकाउन चाहदैनन् ।

खेल्ने ठाउँको उपलब्धता, खेलको रोमाञ्च, आर्थिक हिसावमा सस्तो हुनुका साथै नेपालमा ह्यान्डबल लोकप्रिय बनाउन सकिने अरु आधार पनि छन् । एक पटकमा सात जनाले खेल्ने यो खेल तिब्र गतिमा हुने र चोटको सम्भावना हुने भएकाले १६ जनाको टिम हुन्छ । सबै खेलाडी परिवर्तन गर्न पाइने भएकाले कोही पनि वैकल्पिक खेलाडी हुँदैनन् । ३०/३० मिनेटको दुई हाफ हुन्छ । धेरै समय पनि खाँदैन ।

ह्यान्डबललाई माथि उकास्न सबभन्दा पहिला यसको लोकप्रियता बढाउनुपर्ने रेग्मी बताउँछन् । त्यसका लागि मानिसहरुको धेरै जमघट हुने खुल्ला स्थानमा खेलहरु गराउन सके धेरैभन्दा धेरै मानिसको बीचमा पुग्न सकिने उनको विश्वास छ ।

‘हामी खेल्ने समयमा नेपालमा ह्यान्डबल एकदम राम्रो थियो । बहुदल आएपछि केही समयलाई यो खेल सुन्यमा झर्यो । पछि हामी संघमा आएपछि माथि उचाल्न प्रयास गरिरहेका छौं । सुरुमा त ह्यान्डबललाई रिभाइभ गर्न निक्कै गाह्रो भयो । विस्तार लय समाउँदैछ,’ २०६४ सालबाट अध्यक्षको हैसियतमा ह्यान्डबल संघको नेतृत्व गरिरहेका गुरुङ भन्छन्, ‘हामीले प्रयास नगरेको होइन, तर सरकारको प्राथमिकतामा पार्न सकेनौं । यस्तो थोरै लगानी गरेर अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकिने खेललाई सरकार आफैले चिनेर लगानी गर्नुपर्ने थियो । तर सरकार त संघ चलाउन वर्षमा तीन लाख रुपैयाँ दिन्छु भन्छ । त्यो पनि दिँदैन । तीन लाख रुपैयाँले एउटा खेलको कसरी विकास गर्ने ?’

संघका अध्यक्ष गुरुङ पनि पूर्व खेलाडी हुन् । राष्ट्रिय टिमको कप्तानी पनि गरे । २०३९ देखि २०४२ सालसम्म राष्ट्रिय स्तरमा खेल्ने क्रममा उनले आफ्नै कप्तानीमा २०४० सालको राष्ट्रिय खेलकुदमा गण्डकीलाई स्वर्ण पदक जिताएका थिए । त्यसपछि भारतको पटियालामा प्रशिक्षकको कोर्स गरेपछि उनले घरेलु प्रतियोगिता खेल्न पाएनन् । त्योबेला प्रशिक्षक भएपछि घरेलु प्रतियोगिता खेल्न पाइन्नथ्यो । तर अन्तर्राष्ट्रिय स्तरमा भने नेपालको कप्तानकै हैसियतमा थप केही समय खेलेको इतिहास उनी सगौरव सुनाउँछन् ।

खेलाडीका रुपमा आफ्नो गौरवगाथा सुनाउँदाको जस्तो लय प्रशासकका रुपमा गरेका काम बयान गर्दा गुरुङमा पाइँदैन । तथापि खेल विकासको लागि रेग्मीले भनेजस्तो लबिङ गर्नमा आफू चुकेको तथा प्रचूर सम्भावना हुनाका बावजुद खेलले गति लिन नसकेको स्वीकार्न चाँही उनी हिच्किचाउँदैनन् । सँगै उनीसँग आफूले अध्यक्ष भएर आएपछि गरेका काम र बनाएका योजनाको फेहरिस्त पनि लामै छ ।

‘हामी खेल्ने समयमा नेपालमा ह्यान्डबल एकदम राम्रो थियो । बहुदल आएपछि केही समयलाई यो खेल सुन्यमा झर्यो । पछि हामी संघमा आएपछि माथि उचाल्न प्रयास गरिरहेका छौं । सुरुमा त ह्यान्डबललाई रिभाइभ गर्न निक्कै गाह्रो भयो । विस्तार लय समाउँदैछ,’ २०६४ सालबाट अध्यक्षको हैसियतमा ह्यान्डबल संघको नेतृत्व गरिरहेका गुरुङ भन्छन्, ‘हामीले प्रयास नगरेको होइन, तर सरकारको प्राथमिकतामा पार्न सकेनौं । यस्तो थोरै लगानी गरेर अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकिने खेललाई सरकार आफैले चिनेर लगानी गर्नुपर्ने थियो । तर सरकार त संघ चलाउन वर्षमा तीन लाख रुपैयाँ दिन्छु भन्छ । त्यो पनि दिँदैन । तीन लाख रुपैयाँले एउटा खेलको कसरी विकास गर्ने ?’

ह्यान्डबलमा अन्तर्राष्ट्रिय महासंघहरुबाट नियमित सहयोग नहुने भएकाले कठिन भए पनि आफूहरुले सुरुआत चाँही गरेको उनको दाबी छ । अन्तर्राष्ट्रिय सहयोग जुटाएरै पोखरामा ६० लाख रुपैयाँ पर्ने आउटडोर कोर्ट तयार भएको तथा पोखरा रंगशाला परिसरमा बहुउद्देश्शीय कभर्डहल बन्दा पनि आफैले लबिङ गरेर त्यसको आकार बढाउन लगाएको गुरुङ बताउँछन् । ह्यान्डबललाई भलिबल, बास्केटबललगायतका अन्य इन्डोर खेलको तुलनामा ठूलो आकारको ठाउँ आवश्यक पर्छ ।

‘पूर्वाधारको हिसावमा बल्ल तयार हुँदैछ । खेललाई जनस्तरमा लानका लागि पनि प्रयास गरिरहेका छौं । पोखरामा ४०/५० वटा स्कुलमा प्रवेश गराइसक्यौं । काठमाडौंमा चाँही हामी सफल भइरहेका छैनौं । पछिल्लो समय पूर्वको उदयपुर र पश्चिमको सुर्खेतमा पनि माहोल राम्रो हुँदैछ । विद्यालय स्तरबाटै खेलको विकास गर्ने उद्देश्यअनुरुप ह्यान्डबल एट स्कुल भन्ने प्रोजेक्ट दुई पटक सञ्चालन गरिसक्यौं,’ गुरुङले गरेका कामको सुचि प्रस्तुत गरे, ‘फ्रान्सबाट प्रशिक्षक ल्यार प्रशिक्षण गरायौं । सेना, पुलिस र सशस्त्रमा ह्यान्डबल प्रवेश गराइयो । जसका कारण हाम्रो राष्ट्रिय टोली थेगिएको छ । गति तिब्र हुन नसके पनि ह्यान्डबल पुनरुत्थानको प्रक्रियामा छ ।’

गुरुङसँग नेपालमा ह्यान्डबल उकास्ने अरु पनि महत्वाकांक्षी ठूला योजना छन् । अर्को वर्ष सन् २०२३ सम्ममा नेपालमा जुनियर एसियन च्याम्पियनसिप गर्ने योजना छ । जुनियर एसियन च्याम्पियनसिप गर्न सके एक करोड रुपैयाँ पर्ने म्याट एसियन ह्यान्डबलले दिने आश्वासन दिएको छ । यसबाट पनि उनी उत्साहित छन ।

नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार पोखरा रंगशालाको कभर्डहलमा ह्यान्डबलको प्रतियोगिता सम्पन्न भयो । त्यसमा प्रतिस्पर्धा मध्यम स्तरको मात्र भए पनि आम मानिसको चासो बढाउन भने यो प्रतियोगिता फलदायी रहेको उनको बुझाई छ । भन्छन्, ‘मानिसमा लोकप्रियता बढ्दैछ । यो एकदमै फास्ट र एक्साइटमेन्ट धेरै भएको खेल हो । फुटबलमा जस्तो ९० मिनेट हेर्दा एक-दुई गोलमात्र यसमा हुँदैन । ह्यान्डबलमा ६० मिनेटमै मानिसले थुप्रै खेल हेर्न पाउँछ । त्यही भएर एकपटक हेरेपछि यसले मानिसलाई लोभ्याउँछ । २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा फुटबलपछि सबभन्दा धेरै मानिसले टिकट काटेर यो खेल हेरेका थिए । यसपाली हामी पनि लोकप्रियता वृद्धि गर्ने उद्देश्यमा सफल भएका छौं । कुनै दिन नेपाली खेलप्रेमीको रोजाईको खेलका रुपमा यसलाई स्थापित गर्नेछौं ।’

गुरुङसँग नेपालमा ह्यान्डबल उकास्ने अरु पनि महत्वाकांक्षी ठूला योजना छन् । अर्को वर्ष सन् २०२३ सम्ममा नेपालमा जुनियर एसियन च्याम्पियनसिप गर्ने योजना छ । जुनियर एसियन च्याम्पियनसिप गर्न सके एक करोड रुपैयाँ पर्ने म्याट एसियन ह्यान्डबलले दिने आश्वासन दिएको छ । यसबाट पनि उनी उत्साहित छन ।

यसैगरी इटालीमा प्रत्येक वर्ष विश्वभरका ५०/६० देशको सहभागिता रहने इन्टर मेनिया ह्यान्डबल फेस्टिभलका आयोजकले पनि नेपालमा हिमालयन ग्राँ पी गर्ने प्रस्ताब राखेका छन् । पाँच महादेशका पाँच टोलीको सहभागिता रहने हिमालयन ग्राँ पी यसैपाली गर्ने योजना थियो । तर, नवौं राष्ट्रिय खेलकुदका कारण यसपाली गर्न नसकिएको प्रतियोगिता अर्को वर्ष यही समयमा गर्ने गुरुङले बताए । त्यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका साथै घरेलु ह्यान्डबललाई पनि प्रवर्धन गर्न सके नेपालमा ह्यान्डबलको क्रेज बढ्ने उनको विश्वास छ ।